Comments Add Comment

उषा खड्गीसँग वर्षात गफः पानी पर्नासाथ जुत्ता खोल्छु

जेठ-असारमा छोटा लुगा लगाउन सुझाव

Usha-Khadki

पूर्व मिस नेपाल उषा खड्गी एक सफल फेसन डिजाइनर पनि हुन् । हाल कुपण्डोलस्थित ‘यु आर स्टाइलिस्ट’ नामक बुटिक सञ्चालन गर्दै आएकी उनको आफ्नै फेशन पनि धेरैले पछ्याउँछन् । उनै उषा खड्गीसित अनलाइनखबरकर्मी ऋचा अर्यालले गरेको वर्षातको फेसनसम्वन्धी प्रश्नोत्तरः

वर्षातको समयमा के कुरामा ध्यान दिनुहुन्छ ?

पानीले गर्दा छालामा विभिन्न प्रकारका एलर्जी आउँछ कि भनेर डर लाग्ने भएकोले पहिले त त्यसैमा ध्यान दिन्छु ।

वर्षातको मौसममा बाहिर निस्कँदा के-के तयारी गर्नुहुन्छ ?

सबैभन्दा पहिले त छाता बोक्छु । त्यसपछि वेट टिस्यु र ड्राइ टिस्यू व्यागमा हाल्छु । साथमा कुनै प्रकारको एलर्जी नहोस् भन्नका लागि एउटा लोसन बोक्छु ।

जुत्ताको सुरक्षा कसरी गर्नुहुन्छ ?

म आफ्नो जुुत्तालाई लिएर निकै संवेदशील छु । जुत्ता नबिग्रियोस् भन्नका लागि स्कुटरमा हिँडेका बेला होस् वा गाडीमा, एक जोर जगेडा जुत्ता साथमै लिएर हिँड्छु । अनि पानी पर्नासाथ हतार-हतार लगाएको जुत्ता फकालेर अर्को भिर्छु । त्यसबाहेक घडी फुकालेर ब्यागमा राखिहाल्छु ।

तपाईको विचारमा वर्षातको समयमा कस्ता प्रकारका लुगा लगाउनु उपयुक्त हुन्छ ?

लुगा भन्ने कुरा तपाईले त्यसलाई कसरी लगाउनुहुन्छ भन्नेमा भर पर्छ । तर, अहिलेको समय पानी पर्ने भएकाले ‘क्वाटर प्यान्ट’ लगाउँदा नै उचित होला । त्यसबाहेक आफुलाई सुहाउने र सजिलोखाले लगाउनु नै उचित हुन्छ ।

त्यसो त अहिले बजारमा लामो लुगाको फेशन छ । जस्तै, लामो कूर्ता, लामो स्कर्ट । तर, अहिलेको समयमा यस्ता लुगा लगाउँदा समस्या हुने भएकाले भएसम्म जेठ-असार महिनाभरि लामा लुगा नलगाउनै सुझाव दिन्छु ।

जुत्ता नि ?

मेरो कुरा गर्नुहुन्छ भने मलाई ‘हिल्स’ मनपर्ने हुदा तपाईहरु मलाई सधै हिल्समै देख्नसक्नुहुन्छ । त्यसबाहेक हस्पिटल जाँदा, बच्चा बोकेर जाँदा मात्र मैले ‘फ्ल्याट’ जुत्ता प्रयोग गर्छु । त्यसैले यस्तै जुत्ता प्रयोग गर्नुस् भन्न सक्दिँन ।

हिलोबाट आफ्नो पहिरनलाई बचाउने उपाय के हुनसक्छन् ?

हेर्नोस्, काठमाडौका सडकमा हिँडिसकेपछि तपाईको लुगामा जसरी पनि फोहर लागिहाल्छ । गाडीमा हिँड्नुभएको छ भने त गाडीबाट ओर्लनासाथ हिलो लाग्छ । स्कुटी, पैदल वा सार्वजनिक यातायातमा हुनुहुन्छ भने त झन् त्यसबाट बच्ने सम्भावना नै छैन । यति हो, तपाईले वर्षातको समयमा बाहिर हिँड्दा ‘वेट टिस्यु’, वा ‘ड्राई टिस्यु’ बोक्नुभएको छ भने कतै गएर हिलो लागेको भाग पुछ्न सक्नुहुन्छ । त्यसैगरी लोसन लिएर हिँडेको खण्डमा एलर्जी भएमा तुरुन्तै त्यसको प्रयोग गर्न सक्नुहुन्छ ।

तस्वीरः उषाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment