Comments Add Comment

शिवम सिमेन्टले पायो भारतीय गुणस्तर चिन्ह

२४ जेठ, काठमाडौं । नेपालको अग्रणी ओपीसी मिसेन्ट शिवम् सिमेन्टले भारतीय गुणस्तर चिन्ह आइएसआई प्रमाणपत्र प्राप्त गरेको छ । यो प्रमाणपत्र पाएपछि शिवम् सिमेण्ट भारतमा निर्यात गर्न योग्य सिमेण्ट उत्पादक उद्योग बन्न पुगेको छ ।

shivam-cement_logoचिन्ह प्रदान गर्नुअघि भारत सरकारले शिवम् सिमेन्टको उत्पादन तथा गुणस्तर कायम गर्ने प्रकृयालाई सुक्ष्म परिक्षण गरेको थियो । अब शिवम् सिमेन्ट भारतमा निर्यातका लागि योग्य थोरै नेपाली ब्राण्डमध्ये परेको छ ।

गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने भएको कारणले नै शिवम् सिमेण्ट आज यो स्थानमा पुगेको छ । गुणस्तरीय सिमेन्टको पर्यायवाची नै शिवम् सिमेन्ट भएको छ ।

‘शिवम् सिमेन्टले अब स्वदेशमा मात्र हैन भारतमा पनि गुणस्तरीय प्रमाण चिन्ह पाउँदा हामी निकै गौरवान्वित छौं,’ शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ भाइस प्रेसिडेण्ट सजन देवकोटाले भने ।

शिवम् सिमेण्ट नेपालको ओपिसी सिमेण्टमा अत्यन्त विश्वास गरिएको र पहिलो प्राथमिकता दिइएको सिमेण्ट हो । कम्पनीले हेटौंडामा रहेको जर्मनीको ख्याति प्राप्त अत्याधुनिक प्रविधि जडित उद्योगबाट स्वदेशी आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिन्कर र शिवम् ब्राण्डको सिमेण्ट उत्पादन गर्दै आइरहेको छ ।

कम्पनीलेे ‘गुणस्तरको पहिचान हो शिवम् सिमेण्ट’ र ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं’ भन्ने नारामा अडिग रहँदै आफ्ना उत्पादनहरुलाई आम उपभोक्तामाझ प्रस्तुत गर्दै आइरहेको छ ।

नेपालमा सर्वत्र सजिलै उपलब्ध भएको र उच्च गुणस्तरीय उत्पादनहरुको बिक्री वितरणका कारण शिवम् सिमेण्ट आज देशको पहिलो रोजाई बन्न सफल भएको छ । शिवम् सिमेण्टले उच्चकोटीको सेवा र आफ्नो विश्वसनीयतालाई निरन्तर कायम राखेकाले नै राष्ट्रिय महत्व एवम् प्राथामिकता प्राप्त आयोजनाहरुमा योगदान दिन सक्षम भएको छ ।

काठमाडौंको चक्रपथ विस्तार आयोजना, नेपाली सेनाको नागरिक र भेट्रान्स अस्पताल निर्माण आयोजना, विभिन्न जलविद्युत आयोजनाहरु, पुल र सुरुङ निर्माण आयोजनाहरु र ठूला-ठूला व्यवसायीक एवं आवासीय घर भवनहरु लगायतका अत्यन्त महत्वपूर्ण आयोजनाहरु हुन् जसमा शिवम् सिमेण्टको प्रयोगबाट निर्माण भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment