Comments Add Comment

किन गरियो यौनांगको कलमी ?

आफ्नो यौनांग ठूलो आकारको हुँदा हैरान भएपछि एक पुरुषले शल्यक्रिया गरी लिंगको आकार घटाएका छन् ।

Doctor-Operationअक्सर लिंगको आकार ठूलो हुँदा बढि यौन सन्तुष्टि प्राप्त हुने धारणा छ । तर स्कटल्याण्डको एडिनबर्गका मोहम्मद अबादले भने लिंग ठूलो भएकै कारण यौन सम्पर्कमा निकै दुखाइ सहनुपर्यो । ठूलो लिंगले हैरान बनाएपछि उनले शल्यक्रिया गरी लिंगको लम्बाइ घटाउने फैसला गरे । र शल्यक्रिया गरी उनको ८ इनच लामो यौनांग छोटो बनाइएको छ ।

कलमी गरेर छोट्याउनैपर्ने भएको उनको लामो यौनांग प्राकृतिक भने होइन । उनले प्रत्यारोपण गरेर लगाएको कृत्रिम लिंग हो त्यो ।

द सनको रिपोर्ट अनुसार मोहम्मद अबाद ६ वर्षको छँदा उनको दुर्घटना भयो । कार दुर्घटनामा परी उनको लिंग तथा अण्डकोषमा चोट लाग्यो । उनको लिंग कामै नलाग्ने गरी नष्ट भयो । लिंग गुमाएका अबादले सन् २०१२ मा ७० हजार पाउण्ड खर्च गरेर कृत्रिम यौनांग प्रत्यारोपण गरे । उक्त कृत्रिम लिंगको लम्बाइ ८ इन्च थियो ।

४४ वर्षका मोहम्मदले यो वर्षको सुरुमा एक यौनकर्मी महिलासँग यौन सम्पर्क गरी आफ्नो भर्जिनिटी तोडे । जुन मिडियाहरुमा राम्रैसँग चर्चा भयो । यौन सम्पर्कका दौरान उनलाई आफ्नो लिंगको आकार आवश्यकता भन्दा बढि ठूलो हुँदा पीडा महसुस हुन थल्यो । त्यसपछि उनले लिंगको आकार घटाउने फैसला गरे ।

आफ्नो यौनांग छोटो गराउने शल्यक्रिया सुरु गर्नुअघि उनले भनेका थिएः अब म धेरै पर्खिन सक्दिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment