Comments Add Comment

धुर्मुस सुन्तलीलाई स्पेनबाट ६ लाख रुपैयाँ सहयोग

Dhurmus-Suntali2बार्सिलोना । धुर्मुस सुन्तली फाउन्डेसनका लागि स्पेनबाट व्यक्तिगत र संस्थागत गरी ६ लाख रुपैयाँ भन्दा बढी सहयोग पुग्ने भएको छ।

एनआरएनए क्षेत्रीय समिति म्याड्रिड,नेपाली जनप्रगतिशील मञ्च स्पेन र ब्यबसायी रमेश प्रसाद निरौलाले पठाएको रकम गरी ६ लाख रुपैयाँ भन्दा बढी सहयोग पुग्ने निश्चित भएको हो। निरौलाले १ लाख २ हजार १६ रुपैयाँ पठाईसकेका छन् भने समिति र मञ्चले छुट्टाछुट्टै रुपमा रकम पठाउँदै छन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन स्थित क्षेत्रीय समिति म्याड्रिडले २ हजार ८ सय ८० युरो अर्थात,करिब ३ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ। सिन्धुपाल्चोकको गिरान्चौरमा नमुना वस्ती बनाइरहेका धुर्मुस-सुन्तलीलाई म्याड्रिडबासी नेपालीहरुले रकम संकलन गरेका हुन्।

क्षेत्रीय समितिका अध्यक्ष रोशन पाठकले रकम संकलन अभियान टुंगाएर बैङ्क मार्फत रकम ट्रान्सफर गरिएको जानकारी दिए। उनले भने,” २- ३ भित्र फाउन्डेसनमा रकम पुग्ने छ, कलाकारहरुको यो मन छुने अभियानमा रकम दिएर साथ दिने सबै प्रति आभार प्रकट गर्दछु।”

यस्तै नेपाली जनप्रगतिशील मञ्च स्पेनले करिब २ लाख रुपैयाँ बराबर रकम संकलन गरिसकेको अध्यक्ष गंगाप्रसाद भुसालले जानकारी थिए। अध्यक्ष भुसालका अनुसार मञ्चले पनि केहि दिन भित्रमा नै रकम पठाउँदै छ।

यसअघि युरोपबाट धुर्मुस सुन्तलीको लागि सहयोग पुगेन भनेर समाचार प्रकाशित भए पनि स्पेनका नेपालीहरुले फेरि उदार मन देखाएका छन्। भूकम्पको बेलामा पनि १ करोड रुपैयाँ भन्दा बढी रकम यहाँका नेपालीहरुले एनआरएन मार्फत सहयोग गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment