Comments Add Comment

एनआरएन बैठक : “युरोपका नेपालीको अभियान,लगानी, पुनर्निर्माण र पर्यटन”

kopenheganबार्सिलोना । “युरोपका नेपालीको अभियान: लगानी, पुनर्निर्माण र पर्यटन” भन्ने नारा सहित एनआरएनको नवौ युरोपेली बैठक हुने भएको छ। आगामी जुलाई ३० र ३१ तारिख डेनमार्कको कोपेनहेगनमा हुने बैठकको नारा बारे टुंगो लागेको हो।

देशमा बिनाशकारी भूकम्प पछि बैठकले पुनर्निमाण र पर्यटन क्षेत्रलाई बढवा दिने अपेक्षा गरिएको छ। सन् २०१४ को बार्सिलोनामा सम्पन्न पछिल्लो युरोपेली बैठक भने युरोपमा एनआरएन अभियान,नेपाल र नेपालीको पहिचान भन्दै सम्पन्न भएको थियो।

युरोप संयोजक कुल आचार्यले आईतबार टेलीकन्फरेन्स मार्फत नवौ युरोपेली बैठक तथा सातौ महिला सम्मेलन बारे  तयारी बैठक बसेको जानकारी दिए। संयोजक आचार्यले भने,” बिभिन्न उपसमितिहरु प्रगति विवरण,आर्थिक संकलन,स्मारिका प्रकाशन, दर्ता प्रक्रिया लगायत बिबिध बिषयमा छलफल भएको छ।”

बैठकमा आईसीसी महासचिव डा.बद्री केसी,सचिव अर्जुन कुमार श्रेष्ठ,महिला संयोजक सपिला राज भण्डारी,उप संयोजक रजनी प्रधान,युरोप उप-संयोजक दावा जी श्रेष्ठ,प्रेम गुरुङ, आयोजक समितिका सदस्य सचिव सोम सापकोटा,एनआरएन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले बैठक तयारी बारे आ- आफ्नो धाराणा ब्यक्त गरे।

युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुका समस्याहरु तथा प्रतिबेदनलाई समेटेर तयार गरिने  स्मारिका प्रकाशनका लागि, पत्रकार भगिरथ योगीलाई सम्पादन गर्ने जिम्मा दिईएको पनि आचार्यले जानकारी दिए। यस्तै बैठकले सहभागीहरुको दर्ता शुल्क सय युरो भए पनि महिलाहरुको लागि ८० युरो लिने निर्णय गरेको छ।

तयारी समितिका सदस्य सचिव सोम सापकोटाले डेनमार्कबाट सहभागी महिला तथा पुरुष सहभागीहरुका लागि भने दर्ता शुल्क  ५० युरो रहेको बताए। सापकोटाले भने,” सहभागीहरुबाट  लिने दर्ता शुल्कबाट आयोजकले २ बटा लन्च, एउटा डिनरको ब्यबस्था गर्ने छ।” डेनमार्क आँफैमा महंगो भए पनि १३० युरोमा दुई जनालाई बस्न मिल्ने रुमको ब्यबस्था भएकोले, खासै महंगो नपर्ने भन्दै बेलैमा होटल बुक गर्न समेत सापकोटाले सुझाव दिए।

बैठकलाई हालसम्म हजार सय युरो संकलन,

युरोपेली बैठकका लागि स्पोन्सर तथा सहयोग गरी हालसम्म ८ हजार ३ सय युरो संकलन भईसकेको आर्थिक उपसमितिले जनाएको छ। सिल्भर पार्टनको रुपमा केन्द्रिय सचिव श्रेष्ठ र युरोप संयोजक आचार्यले एक-एक हजार युरो सहयोग गरेका छन्। यस्तै महिला संयोजक सपीला राजभण्डारी,युरोप उप संयोजक प्रेम बहादुर गुरुङ,उप संयोजक दावा जी शेर्पा र आईसीसी सदस्य रमेश गुरुङले पाँच- पाँच सय युरोको दरले सहयोग गरेका छन्।

,एनआरएन लक्जम्बर्गले एक हजार युरो,राष्ट्रिय समन्वय परिषदहरु पोर्चुगल,रसिया, साईप्रस,होल्याण्ड,अष्ट्रिया  र ईटलीले पाँच सयको दरमा सहयोग गरेका छन्। एनआरएन फिनल्याण्डले पनि ३ सय युरो सहयोग गर्ने आर्थिक उपसमितिका उप-संयोजक प्रेम गुरुङ द्वारा जारी सुचनामा उल्लेख गरिएको छ।यस्तै ईभेन्ट पार्टनरको रुपमा एनआरएन डेनमार्क रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment