Comments Add Comment

१९ वर्षदेखि एक खुट्टाको सहाराले खेती गर्दैछन् यी किसान

Ramchndra, one leg farmer from Rajsthan२५ जेठ, काठमाडौं । भनिन्छ हिम्मत र हौसला भएमा कठिनभन्दा कठिन परिस्थितिमा पनि आशाको किरण देखिन्छ । यस्तै कठिन परिस्थितिलाई पार लगाएका भारत राजस्थानका किसान रामचन्द्रले ।

उनको जिन्दगी समाजका लागि नयाँ आशाको किरण मात्रै बनेको छैन अपांगता भएको व्यक्तिले केहि पनि गर्न सक्दैन भन्ने गलत सोच्नेहरुलाई गतिलो झापड पनि बनेको छ ।

राजस्थानका श्रीगंगानगर जिल्ला निवासी रामचन्द्रको एउटा मात्रै खुट्टा छ । त्यही एउटा खुट्टाको सहाराले उनी आफ्नो दिनचर्या मात्रै होइन, वर्षौंदेखि खेतीपातीको काम पनि गर्दै आएका छन् ।

उनी भन्छन्, ‘म कसैप्रति बोझ बन्न चाहँदैन । दयाको पात्र बन्न पनि चाहँदैन । त्यसैले मेरो कामका लागि कसैको मद्दत लिँदैन ।’

एक खुट्टाबाट १९ वर्षदेखि खेती

उनी आफ्नो एउटा खुट्टाको सहाराबाटै विगत १९ वर्षदेखि खेती किसानी गर्दै आएका छन् । खेतीपाती नभएको समयमा उनी मजदुरी गर्न शहर पनि जान्छन् । लठ्ठीको सहाराले हिँडडुल गर्छन् र खेत खन्ने, भारी बोक्ने लगायतका काम गर्छन् । आफ्नो मेहनतको बलमा उनले आफ्ना दुई छोरीहरुको बिहे पनि गराइदिइसकेका छन् ।

धर्तीका यीनै निडर व्यक्ति रामचन्द्र कहिलेकाहीँ जिन्दगीबाट हार मानेर आत्महत्या गर्न चाहन्थे तर फेरि आफ्ना परिवारका सदस्यलाई सम्झेर त्यो बाटो रोजेनन् । किनकी रामचन्द्रमाथि पूरै परिवारको जिम्मेदारी छ ।

आत्महत्या गर्न त सजिलो छ तर संघर्षका साथ जिन्दगी जिउनु बढी मुस्किल छ । त्यसैले उनले अठोट लिए र आफ्नो जिन्दगीलाई नयाँ दिशा मात्रै दिएनन् समाजका ति व्यक्तिहरुका अगाडि उदाहरण बने जो जिन्दगीबाट हार मानेर बर्बादीको बाटो रोज्छन् ।

– आइबीएन खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment