+
+

सरकारको नेतृत्व गर्न माओवादी तयारः मन्त्री गजुरेल

रासस रासस
२०७३ जेठ २६ गते १०:०१

Haribol-Gajurel,-Minister-of-Agriculture२६ जेठ, पर्वत । कृषि विकास मन्त्री हरिबोल गजुरेलले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न नेकपा माओवादी केन्द्र तयार रहेको बताएका छन् ।

आज बिहान पर्वतका सरकारी कार्यालयका प्रमुखसँगको भेटघाट कार्यक्रममा मन्त्री गजुरेलले नेकपा एमालेसँगको सहमतिअनुसार अबको सरकारको नेतृत्व माअवादीले गर्ने र अब बन्ने सरकार राष्ट्रिय सहमतिको हुने दाबी गरे ।

उनले सरकारका बारेमा नेपाली काँग्रेस र एमाले पनि सकारात्मक भएकाले अब केही समयमै राष्ट्रिय सहमतिको सरकार निर्माण हुने दाबी गरे । मन्त्री गजुरेलले संविधानको सफल कार्यान्वयनका लागि पनि राष्ट्रिय सहमतिको सरकारको विकल्प बताए ।

माओवादी केन्द्रका नेतासमेत रहेका गजुरेलले राष्ट्रिय सरकारको विषयमा सहमति भयो भने नेतृत्व लिन पनि तयार छौँ, छाड्न पनि तयार छ भन्दै  भएकाले सहमतिको सरकार बन्ने निश्चित भइसकेको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?