Comments Add Comment

एक वर्षभित्र जनप्रगतिशील मञ्च स्पेनको १० लाखको परोपकारी काम

बार्सिलोना ।  नेपाली जनप्रगतिशील मञ्च स्पेन, पछिल्लो एक बर्षमा परोपकारी काममा निकै सक्रिय देखिएको छ। एक बर्ष भित्र मञ्चले १० लाख रुपैयाँ भन्दा बढी रुपैयाँ, परोपकारी काममा खर्चेको छ। मञ्चले आफ्नै पहलमा, स्पेन स्थित नेपालीहरुको सहयोगवाट नै परोपकारी कामहरु गर्न सफल भएको हो।

janapragatisilभूकम्पबाट क्षतिग्रस्त गोरखा सौरपानी गा.बि.स-४ म्यांजीमा रहेको श्री मुल देबी प्राथमिक बिद्यालयको भवन निर्माणमा मञ्चले गरेको ५ लाख रुपैयाँ सहयोग पुगेको छ।

अल्ट्रा धाबिकी मीरा राईलाई करिब दुई लाख रुपैयाँ (१ हजार ६ सय ६० युरो)  पनि मञ्चले सहयोग गर्यो। मञ्चले पहल गर्दै स्पेन स्थित संघ संस्था तथा नेपालीहरुको सहयोगबाट उठेको उक्त रकम धाबिका राईलाई सम्मान सहित हस्तान्तरण गर्न सफल भएको हो।

हाल आएर जनप्रगतिशील मञ्चकै सक्रियतामा धुर्मुश सुन्तली अभियानका लागि करिब २ लाख ५० हजार रुपैयाँ ( २ हजार १ सय ३५ युरो ) सहयोग जुटाउँन सफल भएको छ। यी सबै गरी मञ्चले एक  बर्ष भित्रमा १० लाख रुपैयाँ परोपकारी काममा खर्चन सफल भएको हो। अभियानलाई अझै पनि जारी राखेको मञ्चका अध्यक्ष गंगा प्रसाद भुसालले जानकारी दिए।

यो अलवा मञ्चले देशमा भूकम्प जाँदा स्पेनमा गठन भएको राहतकोषमा १ हजार ८ सय ७४ युरो पनि सहयोग गरेको थियो। यसैबीच, स्पेनमा जापनिज खानाको सुसीमा रोजगारको ठुलो अबसर मिलिरहेका बेला मञ्चले दोस्रो चरणको सुसी तालिम यही जुन १९ तारिखबाट सुरु गर्ने जनाएको छ।

पहिलो चरण अन्तर्गतको तालिममा १२ जनाले तालिम लिईसकेका छन्।  दोस्रो चरणमा तालिम लिन ईच्छुक नेपालीहरुलाई सम्पर्क गर्न मञ्चले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment