२७ जेठ, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटीएफ) का उपाध्यक्ष चेतनराज गिरी ठगी आरोपमा पक्राउ परेका छन् ।
अन्तर्राष्ट्रिय तेक्वान्दो फेडेरेशनको नक्कली कार्ड बनाएर बिभिन्न मुलुकमा खेलाडी बनाएर बठाइदिन्छु भन्दै ठगी गर्ने गिरीबिरुद्धको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिषर पठाइएको छ ।
उनले म्याग्दीका टेकप्रसाद लामघाडे र दीपक सुनुवारसँग आइटीएफको कार्ड बनाएर कोरिया पठाउने भन्दै क्रमसः १ लाख र २ लाख ६० हजार नगद असुलेका थिए । तर भनेबमोजिम काम गर्न नसकेपछि उनीहरुलेनै प्रहरीलाई उजुरी गरेका थिए ।
यसअघि आरोपी गिरीले झापाका राजेन्द्र दवाडीसँग पनि बेलायत पठाउन साँढे ७ लाख असुलेका थिए । आइटीएफको नक्कली कार्ड बनाएर स बेलायत पठाएकोमा बेलायती इमिग्रेसनले नक्कली पत्ता लगाएर एयरपोर्टबाटै फर्काइदिएको थियो ।
आरोपी ४३ बर्षीय गिरी आइटीएफको अन्तर्राष्ट्रिय निर्णायक पनि हुन् । उनले न्यूजिल्याण्ड, इंग्ल्याण्ड, चीन र क्यानडामा भएको तेक्वान्दो विश्व च्याम्पियनसीपमा निर्णायकको भूमिका निर्बाह गरिसकेका छन् । उनी नेपाल रग्वी संघका महासचिव समेत हुन् ।
तस्वीरः चेतनको फेसबुकबाट
प्रतिक्रिया 4