Comments Add Comment

ओलीले नेतृत्व गरेको सिंहदरबार नेपाल होइनः श्रेष्ठ

Rajendra Shrestha
फाइल तस्वीर

२७ जेठ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको सिंहदरबार नेपाल नभएको बताएका छन् ।

सिंहदरबारभित्र त नश्लीय सत्ता मात्रै रहेको उनले बताए । २९ दलीय संघीय गठबन्धनभित्र तराईदेखि हिमालसम्मका जनताको अनुहार रहेको र त्यो नै वास्तविक नेपाल रहेको उनको भनाइ छ ।

‘गठबन्धनले तराईदेखि हिमालसम्मका सम्पूर्ण जनतालाई एउटै मालामा उनेर जसरी एक ढिक्का बनाएको छ त्यहाँभित्र वास्तविक नेपाल देखिन्छ,’ बिहीबार खुलामञ्चमा अनसन बसिरहेका बेला श्रेष्ठले भने, ‘तर केपी ओलीले लिड गरेको सिंहदरबार चाहिँ नेपाल हैन, एउटा नश्लीय सत्ता मात्रै हो ।’

उत्पीडित जनता एक ढिक्का भएर शान्तिपूर्ण आन्दोलनमा उत्रिसकेको भन्दै उनले अब सिंहदरबारको नश्लीय सत्ता समाप्त हुने बताए । ‘सबै मिलेर यसरी अगाडि बढिसकेपछि सिंहदरबारको नश्लीय सत्ता हल्लिने मात्रै हैन, समाप्त हुने अवस्था आउँछ,’ उनले भने, ‘यदि भएन भने आन्दोलनले आफ्नो कोर्स आफै निर्धारण गर्छ, जनताको विद्रोह गर्ने अधिकार पनि सुनिश्चित छँदैछ ।’

उनले गठबन्धनको आन्दोलन नयाँ ढंगको राष्ट्रिय एकताको आधार बनेको बताए । उनले भने, ‘यस हिसाबले यो आन्दोलनको धेरै महत्व छ ।’

यसैबीच पूर्व निर्वाचन आयुक्त भोजराज Bhojraj-Pokhrel-and-Sudip-Pathakपोखरेल, इन्सेक अध्यक्ष सुबोध प्याकुरेल, मानवअधिकार आयोगका पूर्व सदस्य सुदिप पाठक र लेखक दीपेन्द्र झाले खुलामञ्च पुगेर आन्दोलनबारे जानकारी लिएका छन् ।

पूर्व निर्वाचन आयुक्त पोखरेलले आन्दोलन शान्तिपूर्ण हुनुपर्ने र राज्यले जिम्मेवार भएर शान्तिपूर्ण आन्दोलनको समाधान गर्नुपर्ने बताए ।

संविधान पुनर्लेखन लगायतका माग राख्दै गठबन्धनका नेताहरु गत मंगलबारदेखि खुलामञ्चमा रिले अनसन बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment