+
+
Shares

अनमोललाई देखेपछि किन रुन्छन् यूवती ?

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २८ गते ११:१२

anmol kc with fan
आफूलाई मनपर्ने कलाकारलाई देखेपछि उत्साहित हुनु त स्वभाविक नै हो । अटोग्राफ माग्न, फोटो खिच्न लालयित हुनु पनि स्वभाविक नै हो । तर, नेपाली चलचित्रका चर्चित नायक अनमोल केसीलाई देखेपछि यूवतीको आँखाबाट आँशु नै आउँछ । यो दृश्य बिहिबार कुमारी हलमा पनि देखियो ।

अनमोल आउने चर्चा भएसँगै पत्रकार र विशेषगरि, यूवती दर्शक चनाखो देखिएका थिए । जब अनमोल बाबु भूवन केसीसँगै गाडीबाट झरे, मिडियाले घेर्‍यो । तर, उनीसँग तस्बिर खिचाउन बसेका केही यूवती रुन थाले । उनीहरुको आँखामा आँशु स्पष्ट देखियो । धेरैको मुखबाट एउटै शब्द निस्किएको थियो-‘ओ माइ गड अनमोल केसी ।’
fan crying with anmol
अनमोललाई देख्न पाउँदा उनीहरु अत्यन्त हषिर्त देखिएका थिए । केही यूवतीले अनमोललाई देख्दा हर्षको आँशु झरेको प्रतिक्रिया दिए । अनमोलले पनि आफ्ना फ्यानहरुसँग सेल्फी खिचे । गाडीबाट अनमोल ओर्लदादेखि उनीसँग तस्बिर खिच्नेको भिड लागेको थियो, यो क्रम रेक कार्पेटमा पनि स्पष्ट देखिएको थियो । यसअघि पनि चलचित्र ‘डि्रम्स’को समयमा अनमोल हल पुग्दा यस्तै देखिएको थियो । anmol with fan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?