Comments Add Comment

अमेरिकी दूतावासको कर्मचारी हुँ भन्दै विद्यार्थी ठग्ने पक्राऊ

२८ जेठ, काठमाडौं । आफू अमेरिकी दूतावासको कर्मचारी भएकाले थोरै खर्चमा अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेकाे अाराेपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको ठेचो गाविस ९ का सिद्धार्थ कार्की छन् ।

Siddhartha-Karki,-Lalitpurउनले ६ जना विद्यार्थीहरुलाई भूकम्प पीडितको कोटामा अमेरिका पठाइदिन्छु भन्दै रकम असुलेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार भिषा प्रोसेसको खर्च भन्दै २ लाख ७८ हजार रुपैयाँ लिइसकेपछि कार्की सम्पर्कविहीन भएका थिए । पीडितहरुको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको मुलपानीबाट कार्कीलाई शुक्रबार पक्राउ गरेको हो ।

२७ वर्षीय कार्कीले रुपन्देही घर भएका प्रकाश कार्कीबाट ७६ हजार ५ सय र मदन पोख्रेलबाट १ लाख ५० हजार रुपैयाँ लिएका थिए । उनले अमेरिका जान चार लाख रुपैयाँभन्दा धेरै नलाग्ने र भिसा प्रोसेसका लागि तत्काल केहि खर्च चाहिन्छ भनि पैसा असुलेका थिए । उनले आफू अमेरिकी दूतावासको कर्मचारी भएकाले छिट्टै भिसा दिलाइदिने र अमेरिका उडाइदिने आश्वासनसमेत दिएका थिए ।

कार्कीलाई अपराध महाशाखाको टोलीले पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment