Comments Add Comment

बुढीगंगामा खुल्यो आयुर्वेदिक औषधालय

२२ चैत, विराटनगर । मोरङको बुढीगंगामा आयुर्वेदिक औषधालय स्थापना भएको छ ।

कश्यप ऋषि आयुर्वेद कम्पनीले ७५ करोड रुपैयाँको लागतमा आयुर्वेदिक औषधालयको स्थापना गरेको हो । कम्पनीले दुई महिनाभित्र विभिन्न ४५ प्रकारका आयुर्वेदिक औषधी बजारमा ल्याउने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष साहले जानकारी दिए ।

‘हाम्रो उत्पादन दुई महिना भित्र बजारमा आउँछ, दैनिक छ टन औषधी र ४ लाख ट्यावलेट एक साथ उपादनको तयारी छ ।’
पहिलो चरणमा ४५ प्रकारका आयुर्वेदिक औषधी निर्माण गरी बजारमा ल्याउने भए पनि दुई बर्षमा थप डेढ अर्ब पुँजी वृद्धि गरी कस्मिेटिक्स, खाद्यान्नसहित १ सय ८० प्रकारका उत्पादन थाल्ने योजना कम्पनीको रहेको साहले जानकारी दिए ।

स्वदेशी जडिबुटी प्रयोग गरी उत्पादन गरिने आयुर्वेदिक औषधीहरु नेपालसहित भारत, भुटान, पाकिस्तान, बंगलादेशमा समेत निर्यात गरिने कम्पनीले जनाएको छ ।

साहले कम्पनीले छुट्टै २० हजार जनसंख्या बराबर एक मेघास्टोर सञ्चालन गरी त्यही स्टोरमार्फत स्वास्थ्य परीक्षण निशुल्क गर्ने व्यवस्था गर्ने जानकारी दिए ।

कम्पनीले नेपाल जडिबुटीको खानी रहेकाले यसको अधिकतम् उपयोग गरी स्वदेशी जडिबुटीबाट औषधी उत्पादन गर्ने सोचसहित एक बर्षदेखि औषधालयको निर्माण थालिएको साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment