Comments Add Comment

सिड्नीमा नेपाली विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला आयोजना

Expert-Education-Fair
सिड्नी । उच्च अध्ययन गर्न चाहने विधार्थीहरूका लागि यतिबेला अष्ट्रेलिया पहिलो मुलुकमा पर्ने गर्दछ । विधार्थीहरूका यिनै आकर्षण र उनीहरूलाई विविध कुराको जानकारी दिने उद्देश्यले अष्ट्रेलियाको राजधानी सिड्नीमा एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेजले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
शैक्षिक परामर्शको कार्यक्रम यही जुन २१ तारिखका दिन सिड्नीमा आयोजना गर्न लागेको एक्सपर्टका  बद्री अर्यालले जानकारी दिए ।
कार्यक्रममा अस्ट्रेलियाका १४ युनिभर्सिटीहरुको सहभागिता रहने छ । एक अध्ययनका अनुसार बर्षेनी करिब तीन हजार नेपाली विद्यार्थीहरु अध्ययन गर्न अष्ट्रेलिया आउने गरेका छन् ।
सिड्नीस्थित एक्सपर्टको कार्यालयमा आयोजित  पत्रकार सम्मेलनमा एक्सपर्टका सन्जिव शर्माले भने- एकै ठाउँमा कलेज, पढाइ, छात्रवृत्ति अनि कामको अवसरबारेमा छलफल पनि हुने भएकाले यो मेला विद्यार्थीका लागि हितकर हुनेछ ।
कार्यक्रममा विश्वबिद्यायलको प्रतिनिधित्व गर्दै लाल्स स्टुर्वट कलेजका जेफरी गोस्परले ब्यावसायीक र ब्यवस्थित विश्वविद्यालयका रुपमा रहेका कारण नेपाली विद्यार्थीहरु आफ्नो लागि पहिलो रोजाइ रहेको बताए । उनले आफ्नो विश्वविद्यालयमा करिब चार सय नेपाली रहेका बताउँदै भने- उनीहरु मिहिनेती मात्र होइन, भबिष्यप्रती चिन्तित र असल पनि छन् ।
पत्रकार सम्मेलनमा टोरेन्स युनिभर्सिटीकी किम याङले आफ्नो देशभर छरिएको नेटवर्क भित्र नेपालीको सहभागिता रहने विश्वासका साथ एक्सपर्टको मेलामा सहभागी भएको बताइन् ।
उनले भनिन्- अहिलेसम्म टोरेन्समा नेपाली कमै छन् तर हामी उनीहरुको पहुँच र सहयोगका लागि यो मेलामा सहभागि बन्दैछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment