+
+

ओली संविधान कार्यान्वयन नगर्ने षड्यन्त्रमा लागेः देउवा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २८ गते २१:२४

Sher-Bahadur-Dauba

२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संविधान कार्यान्वयन नगर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

संविधान कार्यान्वयन नगर्नकै लागि सरकारले मधेसवादी दलको आन्दोलनलाई बेवास्ता गरेको उनको आरोप छ । काँग्रेस सभापति देउवाले नेपाल नागरिक समाजको शुक्रबार काठमाडौमा सुरु भएको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा देउवाले प्रधानमन्त्रीको षड्यन्त्रलाई आफ्नो पार्टीले सफल हुन नदिने बताए ।

संविधान कार्यान्वयनका लागि २०७४ सालको माघको पहिलो सातासम्म संघीय संसद्को निर्वाचन भइसक्नुपर्ने भएपनि सरकारका कामकारवाही त्यसतर्फ उन्मुख नरहेको उनले बताए । गाउँपालिका, प्रदेश र संघीय संसद्को निर्वाचनका लागि धेरै काम गर्न बाँकी रहेपनि प्रधानमन्त्री ओलीले फाल्तु भाषण गरेर हिडेको देउवाको आरोप छ ।

काँग्रेस सभापति देउवाले सरकारले घोषणा गरेको मंसिर महिनामा स्थानीय निकायको निर्वाचन नहुने पनि दाबी गरेका छन् । स्थानीय निकायको पुनर्संरचनाका लागि गठित आयोगलाई प्रतिवेदन बुझाउन फागुन महिनासम्मको समय दिइएको अवस्थामा मंसिर महिनामा निर्वाचन गर्ने घोषणा गरिनु सस्तो प्रचारवाजी मात्र भएको उनले बताए ।

कांग्रेस सभापति देउवाले संविधानको कार्यान्वयन र जनताका जीविकाका विषयलाई बेवास्ता गरिरहेको सरकारमा कांग्रेस सहभागी नहुने स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?