+
+

‘फर्की फर्की’को काठमाडौं प्रिमियर, नेटफ्लिक्समा रिलिज गर्न बालेनको सुझाव (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते ११:५१

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’लाई बुधबार बेलुका काठमाडौंमा प्रिमियर गरिएको छ । फिल्मकर्मी र सेलिब्रेटीको बाक्लो उपस्थिति रहेको प्रिमियरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पनि सहभागी रहे ।

फिल्म हेरेपछि बालेनले अंग्रेजी सबटाइटलसहित नेटफ्लिक्स र सोही सरहका ओटीटीमा रिलिज गर्न सुझाव दिए । हालै कान्सबाट फर्किएका मेयर बालेनको यो सुझावले आफूहरुलाई हौसला दिएको निर्माता रोहित अधिकारीले बताए ।

यो फेन्टासी फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । हरिवंश आचार्य, दीपकराज गिरी लगायतले अभिनय र प्राविधिक क्राफ्टको प्रशंसा गरे । हरिवंशले यो फिल्म अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म भएको बताए ।

अभिनेता सलोन बस्नेत सलिनमान बनियासँग हलमा पुगेका थिए । फिल्ममा क्यामियो रोल गरेका सलोनले यो फिल्मले आफूलाई फ्र्रेस महसुस गरेको बताए । प्रिमियर समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी पनि पुगेका थिए । सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल, जसिता गुरुङ लगायतको अभिनय छ ।

यो फेन्टासी फिल्म एक व्यक्तिको दुई पर्सनालिटीबीचको संघर्षको कथा हो । एकातिर म्याडी छ र अर्कोतिर माधव बस्नेत । एकदिन भगवानले म्याडीलाई सुपरपावर दिन्छ । उसले म्याडीको रुपमा गरेका गल्तीलाई सच्याउन भगवानले माधवको रुपमा जीवन जिउन अर्को मौका दिन्छन् ।

कथाको केन्द्रमा ‘टाइम लुप’ रहेपनि प्रेम, मित्रता र पारिवारिक आयामलाई यसमा प्रस्तुत गरिएको छ । यो फिल्म बिहीबारदेखि नै नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज भएको छ ।

फोटो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?