Comments Add Comment

कर्णालीका आठ गाविसमा चामल शून्य

ठेकेदारले ढुवानी रोके

३० जेठ, काठमाडौं । कर्णालीका चार जिल्लाका आठ गाविसमा सुक्खा पीडित स्थानीय बासिन्दासँग चामल मौजाद शून्य भएको छ ।

Riceठेकेदारहरुले मिलेमतो गरी ढुवानी शुल्क बृद्धि गरिएपछि सरकारले कर्णालीका सुक्खाग्रस्त आठ गाविसमा चामल ढुवानी गर्न नसक्दा स्थानीय बासिन्दासँग चामल सकिएको छ ।

सरकारले समयमा ढुवानी गर्न नसक्दा हुम्लाको श्रीनगर र सर्केघाट, डोल्पाको दुनै, काईगाउँ, लिखु र रर्मी, कालिकोटको थिर्पु र मुगुको पुलु गाविसका बासिन्दासँग चामल सकिएको आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

गत चैतदेखि ती क्षेत्रमा चामल ढुवानी गर्न नसक्दा स्थानीय बासिन्दा भोकमारीइको चपेटामा परेका छन् । सरकराले गत चैतमा अन्तिम पटक त्यस क्षेत्रमा चामल ढुवानी गरेको थियो ।

आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले ढुवानी शुल्क बृद्धि हुँदा त्यस क्षेत्रमा चामल ढुवानी गर्न नसकेको जानकारी दिए । वर्षे मौसकका कारण देखाउँदै ढुवानी गर्न स्थानीय ठेकेदारले चालू आर्थिक वर्षका लागि स्वीकृत भएको ढुवानी शुल्कमा ढुवानी गर्न नमान्दा आठ गाविसमा चामल पठाउन नसकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment