Comments Add Comment

चल्यो फेरि अनमोलको स्टारडम, २ दिनमै ‘गाजलु’ करोड क्लबमा

shristhi and hemraj in aasta
सफल मानिएका अधिकांश चलचित्रको लाइफ टाइम व्यापार एकदेखि डेढ करोडसम्म हुन्छ । ४० लाख अधिकांश नेपाली चलचित्रको लाइफ टाइम ग्रस कलेक्शन हो ।

तर, शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘गाजलु’ले भने २ दिनमै करोड क्लबको आँकडालाई पार गरेको छ । नायक अनमोल केसीले अभिनय गरेको यो दोश्रो चलचित्र हो, जसले २ दिनमै करोड क्लबको आँकडा पार गरेको छ ।

यसअघि गत फागुनमा रिलिज भएको चलचित्र ‘ड्रिम्स’ले २ दिनमा डेढ करोड माथिको आँकडा पार गरेको थियो । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘गाजलु’ले पहिलो दिन करिब ४५ लाख हारहारीको व्यापार गरेको निर्माता रोहित अधिकारीको भनाई छ ।darsak in aasta

दोश्रो दिन चलचित्रको व्यापार दोब्बर भयो । शनिबार मात्र चलचित्रले देशभरका पर्दाबाट ९० लाख माथिको ग्रस कलेक्शन गरेको छ । पोखरामा १० लाख माथि र नारायणगढमा ८ लाखको व्यापार चलचित्रले गरेको छ । काठमाण्डौ बाहिरका धरान, दमक, विर्तामोडमा पनि चलचित्रको व्यापार राम्रो छ ।  दुई दिनमा चलचित्रको व्यापार १ करोड ३५ लाख माथि छ ।

आइतबारसम्म यो चलचित्रले डेढ करोड माथिको व्यापार सहजै गर्नेछ । आइतबारदेखि बिहिबारसम्म बिदा नपरेकाले पनि यसको व्यापार इनिसियल जस्तो नहुने पक्का छ । तर, व्यापारमा एकरुपता कायम गरेको खण्डमा चलचित्रले पहिलो सातामा २ करोड माथिको व्यापार गर्ने देखिन्छ ।

निर्माता अधिकारीका अनुसार चलचित्रको लगानी १ करोड २५ लाख हो । लगानी सुरक्षित गर्न मात्र चलचित्रले करिब ३ करोड हारहारीको व्यापार गर्नुपर्नेछ । देशबाहिरबाट ३० लाख माथिको आम्दानी हुने निर्माताको दाबी छ । भीसीडी राइट्सबाट निर्माताले १३ लाख कमाइसकेका छन् ।

योसँगै नायक अनमोल केसीको स्टारडम चौथो पटक पनि उस्तै चम्किएको छ । चलचित्र हेरेपछि धेरै दर्शकले नायक सलोन बस्नेत र नायिका मेनुका प्रधानको कामलाई रुचाएका छन् । नव-नायिका तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले शनिबार काठमाण्डौको अष्टनारायण, वीग मूभिज लगायतका हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएकी थिइन् । नायक सलोन बस्नेतलाई भने काठमाण्डौको अष्टनारायणमा दर्शकले घेरेर सेल्फी लिएका थिए । अष्टनारायणमा मात्र शनिबार ६ लाख ३५ हजारको व्यापार भएको निर्माताले जानकारी दिएका छन् ।salon with fan

हेमराज वीसी निर्देशित यो चलचित्रमा गौरव पहारी, ऋतिक शाही लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रले पूर्व कुमारीको कथालाई उठान गरेको छ । दर्शक तान्ने मुख्य हतियार नै यसलाई मानिएको छ ।

तस्बिर : विनोद पोख्रेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment