+
+

ग्रान्डि अस्पतालका न्युरोसर्जन थापा भारतमा पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३० गते १५:५७

३० जेठ, काठमाडाैं । भारतको नयाँदिल्ली स्थित गुडगाँउमा हालै सम्पन्न ‘वर्ल्ड स्पाइन सेभेन’ स्नायु विशेषज्ञको सम्मेलनमा ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत नेपाली न्युरोसर्जन डा. अमित थापालाई प्रथम पुरस्कारद्वारा सम्मानित गरिएको छ ।

dr-amit-thapaडा. थापाले स्पाइनल कर्डमा रहेको ट्युमर अत्यन्त कम क्षति पुर्याएर निकाल्ने तरिका बारे कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा प्रस्तुत कार्यपत्रमा उनले स्पाइनमा देखीने ट्युमरहरु तुलनात्मक रुपमा अत्यन्त जटिल मानिने भएकाले तिनलाई निकाल्दा हाड काटेर निकाल्नुपर्ने र साथमा बिरामीले धेरै रकम खर्च गर्नुपर्ने अनि लामो समयसम्म आराम गर्नुपर्ने तुलनात्मक अध्ययन बारे चर्चा गरेका थिए ।

तर, पछिल्ला दिनहरुमा उपलब्ध ‘युनिल्याटरल लिमिटेड हम्मिल्यामाइनेक्टोमी’ लगायतका प्रविधिबाट ट्युमर निकाल्दा बिरामीले लामो समयसम्म अस्पताल बस्नु नपर्ने र घाउ समेत छिटो निको हुने  साथमा उपचार खर्च पनि अत्यन्त कम लाग्ने कुरा समेत डा. थापाको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

स्पाइनका सबै प्रकृतिका ट्युमर निकाल्न भने यो प्रविधि उपयुक्त नहुन पनि सक्ने जिकीर गर्दै प्रस्तुतिमा न्युरोसर्जन डा. थापाले बिरामीको अवस्था अनुसार यो प्रविधि प्रयोग गरी उपचार गर्न सकिने बताएका छन् ।

नेपाल लगायतका अन्य विकासोन्मुख मुलुकका बिरामीहरूमा यस्ता प्रविधिको प्रयोग अत्यन्त उपयोगी हुने डा. थापाको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?