+
+
Shares

असई पदको अन्तिम रिजल्ट आयो, कसरी थाहा पाउने नतिजा ?

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३१ गते २२:१०

Nepal-Police-Headquarter३१ जेठ, काठमाडौं । नेपाल प्रहरीले लिएको प्रहरी सहायक निरीक्षक (असई) पदको लिखित परीक्षाको अन्तिम नतिजा सोमबार सार्बजनिक भएको छ ।

प्रहरी प्रधान कार्यालयले २०७२ असार २३ गते असई पदमा बिज्ञापन प्रकाशित गरेको थियो । प्रतियोगिता अन्तर्गत खुल्ला, अमर/अशक्त, प्रहरी परिवार तथा समावेशी समूहतर्फको अन्तिम नतिजामा उत्तीर्ण मुख्य तथा वैकल्पिक उम्मेदवारहरुको योग्यताक्रमानुसारको सूची सोमबार प्रकाशित गरिएको हो ।

कसरी थाहा पाउने रिजल्ट ?

अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुले ०७३ असार १२ गते आवश्यक कागजपत्रहरु साथमा लिई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवनमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।

उक्त नतिजा एसएमएसमार्फत थाहा पाउन पनि सकिन्छ । त्यसका लागि मोबाइलको म्यासेज बक्समा गई एनपी टाइप गरी एक स्पेश दिनुस् र एएसआई टाइप गर्नुस् फेरि एक स्पेश दिनुस् अनि दर्ता नम्बर टाइप गरी ३४३२१ मा पठाउनुस् । यति गरेपछि तपाईंको मोबाइलमै रिजल्ट आउँछ ।

साथै उक्त नतिजा नेपाल प्रहरीको वेबसाइट र प्रहरी प्रधान कार्यालयको सूचना पाटीमा समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?