+
+
Shares

२० मिनेट आकासमा उडे हमाल, भने-‘प्याराग्लाइडिङ विना पोखरा भ्रमण अधुरो’

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३२ गते १०:३७

rajesh hamal pyaragliding in pokhara
नायक राजेश हमाल पत्नी मधु भट्टराइसँग पोखरा घुम्न खुबै मन पराउँछन् । पोखरा पुगेपछि हमाल प्याराग्लाइडिङमा पनि रमाउँछन् । हालैमात्र पोखरा पोखेका हमालले ‘सगरमाथा प्याराग्लाइडिङ’बाट पोखरा अवलोकन गरे । हमाल करिब २० मिनेट आकाशमा उडेका थिए ।

पहिलो पटक हमालले भूकम्प आएपछि पर्यटन प्रवर्द्धनका लागि भन्दै प्याराग्लाइडिङ गरेका थिए । राजेशले भने-‘यदि तपाई पोखरा घुम्न आउनुहुन्छ र प्याराग्लाइडिङ गर्नुहुन्न भने तपाइको यात्रा अपुरो रहनेछ ।’

उनले पोखरालाई स्वर्ग समेत भनेका छन् । राजेश हमालले सगरमाथा प्याराग्लाइडिङ रोजेको भन्दै यसको संचालकले समेत उनलाई धन्यवाद दिएको थियो ।

नायक राजेश हमाल चलचित्रमा व्यस्त हुन छाडेपछि उनी पत्नीको साथमा यात्रा गर्न रुचाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?