+
+
Shares

औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण सुरुः मन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३२ गते १३:४९

३२ जेठ, भक्तपुर । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले दश वर्ष भित्रमा युवा शक्ति नभएर युवाले उत्पादन गरेका सामाग्री विदेश निर्यात गर्ने तयारीमा सरकार लागेको बताएका छन् ।

Som-Prasad-Pandeyरफत संचार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले मुलुकको सबै प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गर्ने र रोजगारीको वातावरण सिर्जना गर्ने बताए ।

उनले भने, ‘युवालाई बिदेश होईन उनीहरुले उत्पादन गरेको वस्तु बिदेश पठाउन सरकार सफल हुन्छ ।’

औद्योगिक बिकासबिना आर्थिक सम्वृद्धि सम्भव नरहकाले सबैभन्दा वर्तमान सरकार औद्योगिक बिकासमा केन्दि्रत बनेको पाण्डेले बताए ।

सात प्रदेशमा एक-एक वटा औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा अधिग्रहण कार्य भइरहेको मन्त्री पाण्डेले जानकारी दिए । १ नम्बर प्रदेशको झापामा बन्ने औद्योगिक क्षेत्रमा लगानी गर्न चीन र कोरिया तयार रहेको भन्दै उनले कुरो भन्दा कामको शैलीले तिब्रता पाएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?