Comments Add Comment

कुन नेतालाई कति सुरक्षा ? प्रचण्डलाई बढी खतरा !

Prachand,-Security-Threat१ असार काठमाडौ । पूर्व पदाधिकारीको नाममा राज्यबाट सुरक्षा दिनेमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अगाडि देखिएका छन् ।

‘सुरक्षा थ्रेट’ का नाममा राज्यले पूर्व पदाधिकारीहरुलाई सुरक्षा उपलब्ध गराउँदै आएको छ । र, १० वर्ष सशस्त्र सशस्त्र संघर्ष गरेर आएका प्रचण्ड र माओवादी नेताहरुलाई शान्ति प्रक्रियामा आएपछि सुरक्षा थ्रेट हुनु असवभाविक होइन ।

सरकारले पनि त्यही सुरक्षा थ्रेट मूल्यांकन गरेर सुविधा उपलब्ध गराएको थियो । तर, यो समय अनुकुल सुरक्षा थ्रेट मूल्यांकन भएर सुरक्षाकर्मीहरु थपघट हुनु पर्नेमा भएको छैन ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डको सुरक्षाका लागि गृह मन्त्रालयले २३ जना नेपाल प्रहरी र ४१ जना सशस्त्र प्रहरी खटाएको छ । संसदको सुशासन तथा अनुगमन समिति अन्तरगतको उपसमितिको प्रतिवेदन अनुसार प्रचण्डले प्रहरी प्रधान कार्यालयबाट एउटा निसान पेट्रोल जीप, चालक र मासिक १ सय ५० लिटर इन्धन लिने गरेका छन् । यो गाडीको मर्मत प्रहरीले नै गर्छ ।

पूर्व प्रधानमन्त्री प्रचण्डलाई सरकारले बा १ झ १४७९ को जीप समेत उपलब्ध गराएको छ । वि. सं. २०६६ साल साउन ९ गतेको मन्त्रिपरिषद बैठकले प्रचण्डलाई ०६६ जेठबाट लागु हुने गरी आवास सुविधा वापतको घरभाडा, धारा, बिजुलीको बिललगायतको सुविधा उपलब्ध गराउँदै आएको छ ।

उपसमिति स्रोतले भन्यो, पूर्व प्रधानमन्त्री भनेर प्रचण्ड र लोकेन्द्रबहादुर चन्दको सुरक्षा थ्रेट एउटै हुँदैन, यो हामीलाई थाहा छ । तर, सुरक्षा थ्रेट समय अनुकुल परिर्वतन हुन्छ । सुरक्षा थ्रेटको पुनर्मूल्याकन गर्नुपर्छ भन्ने हाम्रो सुझाव हो ।’
सुरक्षा थ्रेटका नाममा सुरक्षाकर्मीहरु धेरै दिनेमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई छन् । भट्टराईको सुरक्षामा २३ जना नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरी खटाएको छ ।

सरकारले भट्टराईलाई बा १ झ ८४८२ नम्बरको स्कारपियो गाडीसमेत सुविधा वापत उपलब्ध गराएको छ । उनले पनि प्रहरी प्रधान कार्यालयबाट मासिक १ सय ५० लिटर इन्धन, माज्दा पीकअप भ्यान र एकजना चालक समेत पाउँदै आएका छन् ।

तर, भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले भने भट्टराईले स्कर्पियो गाडी र इन्धन लिएको संसदीय उपसमितिको दाबी गलत भएको बताएका छन् । सुरक्षाकर्मीहरु पनि भट्टराईले मागेको नभई सरकार आफैं उपलब्ध गराएको उनले बताए ।

प्रचण्ड र भट्टराईपछि व्यक्तिगत सुरक्षामा बढी सुरक्षाकर्मीहरु राख्नेमा पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छन् ।

देउवालाई दुईजना नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरीले सुरक्षा दिने गरेको छ । उनको सुरक्षमा प्रहरी प्रधान कार्यालयबाट एउटा बोलेरो जीप, चालक, मासिक एक सय ५० लिटर इन्धन र गाडी मर्मत समेत गराउँदै आएका छन् ।

एमाले नेताहरु तथा पूर्व प्रधानमन्त्रीहरु माधबकुमार नेपाल र झलनाथ खनालले पनि सुरक्षा र गाडी लिदै आएका छन् । उनीहरुले २ जना नेपाल प्रहरी, १३ जना सशस्त्र प्रहरी र गाडी सुविधा लिएका छन् ।

२०६७ चैत्र ९ गते बसेको मन्त्रिपरिषद बैठकले माधवकुमार नेपालका लागि भने छुट्टै निर्णय गरेको छ । ‘पूर्व प्रधानमन्त्रीहरुलाई इन्धन वापत मासिक २०० लिटर पेट्रोल उपलब्ध गराइएकोमा पूर्वप्रधानमन्त्री माधबकुमार नेपालको हकमा मासिक ३०० लिटर पेट्रोल उपलब्ध गराउने भनेर’ निर्णय गरेको छ ।

उपसमितिको प्रतिवेदन अनुसार हरेक पूर्व प्रधानमन्त्रीले राज्यबाट मासिक २ सय इन्धन लिने गरेका छन् । र, प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरीबाट लिने इन्धन अनधिकृत हो । यस्तै अन्य पूर्व प्रधानमन्त्रीहरुले पनि राज्यबाट सुविधा लिइरहेका छन् ।

हेर्नुस् सूचि

EX PM 1 EX PM 2

यस्तै पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री र मन्त्रीहरुले पनि सुरक्षा खतरा रहेको छ भन्दै राज्यबाट सुरक्षा, इन्धन, चालक र गाडी सहितका सुविधा लिइरहेका छन् ।

हेर्नुस् सूची

EX Home Ministers (1)

EX Home Ministers (2)

यो पनि पढ्नुस्

पूर्वगृहमन्त्रीलाई सुरक्षा नचाहिने निश्कर्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment