Comments Add Comment

प्रिभ्यू-स्वीट्जरल्याण्ड भर्सेस रोमानिया

बुधबार राति ०९ः ४५ बजे

Romania-vs-Switzerland

युरो २०१६ अन्तर्गत समूहको दोस्रो चरणको खेलमा आज राति पौने १० बजे रोनामिया र स्वीट्जरल्याण्ड आमने सामने हुँदैछन् । समूहमा लगातार दोस्रो जीत निकाल्दै नकआउट चरणमा छनौट हुने योजनामा रहेको स्वीट्जरल्याण्ड दक्षिण पूर्वी पेरिसको पार्क डेस पि्रन्सेस रंगशालामा रोमानियाबिरुद्ध उत्रदैछ । यता रोमानिया समूहको पहिलो चरणमा फ्रान्ससँग ब्यहोरेको पराजयबाट उत्रदै स्वीट्जरल्याण्डबिरुद्ध सुखःद नतिजाको खोजीमा रहनेछ ।

समूहको पहिलो चरणको खेलमा स्वीट्जरल्याण्डले १० खेलाडीमा सीमित अल्वानियाबिरुद्ध १-० गोलको जीत निकालेको थियो । उसको समूहमा ३ अंक छ ।

त्यस्तै रोमानियाले फ्रान्ससँग २-१ गोलको पराजय ब्यहोरेको थियो । अन्तिम केहि मिनेट सम्हालिन नसक्दा रोमानियाले फ्रान्ससँगको खेल गुमाउनुपरेको थियो । रोमानियाको रक्षापंक्ति उत्कृष्ट छ । छनौट चरणमा यो टोलीले आफ्नो योग्यता पुष्टि गरिसकेको छ । फ्रान्सबिरुद्धको खेलमा पनि यो पंक्तिको प्रदर्शन उत्कृष्ट थियो ।

रोमानिया र स्वीट्जरल्याण्डको हेड टू हेड रिजल्टपनि बराबर छ । अहिलेसम्म सबै प्रतियोगितामा गरेर यी दुई टोली १२ पटक आमनेसामने भएका छन् ।

जसमा रोमानिया र स्वीट्जरल्याण्ड ५/५ पटक बिजयी भएका छन् भने २ खेलमा बराबरीको नतिजा निस्किएको थियो । तर युरोकप अन्तर्गतको प्रतिस्पर्धामा भने यी दुई ४ पटक खेलेकोमा रोमानियाले २ पटक जितेको थियो भने एक खेलमा स्वीट्जरल्याण्ड हावी भएको थियो । एक खेल बराबरीमा सकिएको थियो ।

प्रशिक्षक के भन्छन् ?

भ्लादिमिर पेट्कोभिक, स्वीट्जरल्याण्ड

वास्तवमा रोमानिया फ्रान्ससँग सुरुवाती खेलमा पराजित भएपनि यस युरोको उत्कृष्ट टोली हो । उसलाई हराउनका लागि अल्वानियासँगको खेलभन्दा हामीले निक्कै सुधार गर्नुपर्नेछ । हामीले सुरुवाती २० मिनेटभित्र गोल निकाल्न सक्यौं भने खेल हाम्रो पक्षमा आउनेछ ।

गत शुक्रबार फ्रान्सबिरुद्धको खेलमा रोमानियाको प्रदर्शन देखेर म प्रभावित भएको थिएँ । उनीहरुले संगठित फुटबल खेलेका थिए भने ट्याक्टिल रुपमा उत्कृष्ट थिए । उनीहरुले हामीसँगको खेलमा पनि त्यही प्रदर्शन दोहोर्‍याउनेछन् । उनीहरुलाई हराउनु छ भने हामीले हाम्रो शतप्रतिशत योगदान दिनुपर्छ ।

स्वीट्जरल्याण्डले युरोकपको समूह चरणमा अहिलेसम्म लगातार दुई जीत निकाल्न सकेको छैन, यसपटक हामी इतिहास रच्नेछौं ।

आंगेल लोडानेसु, रोमानिया

स्वीट्जरल्याण्डबिरुद्धको खेल मेरो टोली र रोमानियन फुटबलकै लागि निक्कै महत्वपूर्ण छ । फ्रान्ससँगको खेलपछि मेरो टोलीको महत्वपूर्ण समस्या भनेको शारीरिक र मानसिक पुनर्ताजगी हुन नसक्नु हो ।

हामीले फ्रान्सबिरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थियौं । हामीले केहि अवसर पाएका थियौं तर त्यसलाई सदुपयोग गर्न नसक्दा फ्रान्सले तीन अंक प्राप्त गर्‍यो । स्वीट्जरल्याण्डबिरुद्ध हामी जित्नका लागि खेल्नेछौं । आजको खेलमा हामी उत्कृष्ट प्रतिद्धन्दीसँग खेल्न लागेका छौं । उनीहरुका खेलाडीहरुसँग युरोपका उत्कृष्ट लिगमा खेलेको अनुभव छ । तर हामीपनि कमजोर छैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment