Comments Add Comment

कार्यबाहक राजदूतको बिदाइ गर्दै बेलायतका एनआरएनले भने-अब राजदूत भएरै आउनुहोला

tejbahadur chhetriबेलायत । गैर आवासीय नेपाली संघ बेलायत -एनआरएनए यूके) ले कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई विदाइ गरेका छन् । आफ्नो चार वर्षे कार्यकाल सकेर क्षेत्री जुन अन्त्यमा नेपाल फर्कन लागेका छन् ।

मंगलबार बेलायतको गोर्खा प्यालेस रेष्टुरेन्टमा आयोजित विदाइ कार्यक्रममा संघको तर्फबाट अध्यक्ष मुछेत्र गुरुङले क्षेत्रीलाई मायाको चिनो, पुष्पगुच्छा एवं खादा लगाएर विदाइ गरेका थिए । साथमा श्रीतती रीता क्षेत्री र दूतावासका अन्य कर्मचारी पनि सामेल थिए ।

करिब ४ घण्टासम्म चलेको कार्यक्रमका सबै वक्ताले क्षेत्रीले नेपाली समुदाय र राष्ट्रका लागि हित एवं दूतावासभित्र आमुल परिवर्तन ल्याएको भन्दै खुलेरै प्रशंसा गरे । विदाइ कार्यक्रम आफैंमा नरमाइलो भएको उल्लेख गर्दै अधिकांशले क्षेत्रीलाई पुनः राजदूतका रुपमा स्वागत गर्न पाइयोस् भन्ने कामना समेत गरे ।

भूकम्पपछि नेपाली र बेलायती समुदायबाट करिब ७ करोड रुपैयां प्रधानमन्त्री राहत कोषमा पठाउन उल्लेख्य भूमिका खेलेको, एमआरपी बनाउन विभिन्न शहरमा घरदैलो कार्यक्रम राखेको, दूतावासको रंगरोकन, दूतावासको ढिलासुस्ती गुनासो अन्त्य र बेलायत नेपाल कुटनीतिक सम्वन्ध अझ मजवुत बनाउन उल्लेख्य भूमिका खेलेको भन्दै वक्ताहरुले क्षेत्रीको प्रशंसा गरे ।

विदाइ कार्यक्रममा भावुक देखिएका कार्यवहाक राजदूत क्षेत्रीले स्वदेश फिर्ती वाध्यकारी प्रक्रिया भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा साथ दिने सबै नेपाली समुदाय र संघसंस्थाप्रति आभार व्यक्त गरे । सहभागीको प्रशंसाले आफूमाथि थप जिम्मेवारी थपिएको महशुस भएको बताउंदै उनले काम गर्ने सिलसिलामा केही कमी कमजोरी भए क्षमा गर्न  आग्रह गरे ।

तस्वीरः मिलन तमु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment