Comments Add Comment

राष्ट्र बैंकले भन्यो- मूल्य वृद्धिदर घट्दैछ

२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले मूल्य वृद्धिदर क्रमिक रुपमा घट्दै गइरहेको तथ्यांक सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०७३ वैशाख महिनामा मूल्य वृद्धि १० प्रतिशत पुगेको छ । जबकी २०७२ पुस महिनामा यस्तो वृद्धिदर १२.१ प्रतिशतको उच्चतम बिन्दूमा पुगेको थियो ।

Kalimati-tarkari-bazzarभारतीय नाकाबन्दी खुलेर आपूर्ति सहज बनेपछि मूल्य वृद्धिदर घट्दै गएको राष्ट्र बैंकको भनाई छ । नयाँ संविधानमा असहमति जनाउँदै भारतले लामो समय नाकाबन्दी गर्दा बस्तुको अभाव भएर महंगी चुलीमा पुगेको थियो ।

इन्धन तथा उपभोग्य वस्तुहरुको आपूर्ति सामान्यीकरण हुँदै गए पनि घर भाडा र शिक्षा सम्बन्धी खर्चमा वृद्धि हुन गएकोले अघिल्लो वैशाख महिनाको तुलनामा यो वैशाखमा मूल्य वृद्धिदर केही बढ्न गएको राष्ट्र बैंकको भनाई छ ।

वाषिर्क विन्दुगत आधारमा वैशाख महिनामा खाद्य तथा पेय पदार्थको वृद्धिदर ९.६ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको वृद्धिदर १०.४ प्रतिशत रहेको छ ।

यस अवधिमा दलहन तथा गेडागुडीको मूल्य सबैभन्दा बढी २३.४ प्रतिशत र तरकारीको मूल्य २०.१ प्रतिशतले बढेको छ । त्यस्तै, लत्ता कपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेय पदार्थको मूल्यमा क्रमशः १७ प्रतिशत, १६.४ प्रतिशत र १५.९ प्रतिशतले वृद्धि भएको छ ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ११.५ प्रतिशत, पहाडमा ११ प्रतिशत, हिमालमा ९.१ प्रतिशत र तराईमा ८.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौं उपत्यकामा ६.८ प्रतिशत, पहाडमा ७.७ प्रतिशत र तराईमा ६.९ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment