Comments Add Comment

पानी किनेर घर बनाउँदै भूकम्प पीडित

water_tanker३ असार, काठमाडौं । विनाशकारी भूकम्पपछि जताततै पानीको संकट हुँदा ग्रामिण भेगका स्थानीय लिटरमा पानी किनेर घर बनाउन बाध्य भएका छन् ।

भूकम्पअघि पनि लामो समयदेखि पानीको समस्या भोग्दै आएका धादिङ सल्यानटारका वासिन्दा घर बनाउन प्रतिलिटरका हिसाबले बुढीगण्डकी र आँखुखोलाबाट ट्यांकरमा पानी किनेर ओसार्न बाध्य छन् ।

केही भूकम्पपीडित सरकारले घोषणा गरेको सहयोग रकम पाइएला र घर बनाउँला भन्ने आशामा छन् भने केही ऋण धन गरेरै भए पनि आफैं घर बनाउन थालेका छन् । अाजको अन्नपूर्णमा समाचार छ ।

सरकारको आस मारेर आफैं नयाँ घर बनाउन कस्सिएका भूकम्पपीडित पानी अभावका कारण लिटरका हिसाबले गाडी भाडा तिरेर पानी किन्न बाध्य छन् । ज्यामिरेचौर प्रावि सल्यानटार ३ बट्टारकी शिक्षीका रती उप्रेतीले भनिन्’ एक ट्यांकर पानी किन्दा ३ हजारदेखि ३५ सयसम्म लाग्छ, ढलान गरेको एउटा घर बनाउन खोलाबाट कम्तीमा सय ट्यांकर पानी अवश्य ओसार्नुपर्छ ।’

सल्यानटान गाउँ विकास समिति २ का जागिरगाउँ, अर्गौलालगायतमा १५ भन्दा बढी घरधुरीले बुढीगण्डकीबाट ट्यांकरमा पानी ओसारेर घर बनाएको उप्रेतीले बतटाइन् । १०, १२ कोठाको दुई तले घर बनाउन दुई तीन लाख त पानी ढुवानीमै खर्च हुने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment