३ असार, काठमाडौं । पछिल्लो दुर्ए महिनायता दैनिक उपभोग्य तरकारीको मूल्य घटे पनि अघिल्लो वर्षको तुलनामा भने बढेको छ ।
लामो खडेरीका कारण तरकारी उत्पादनमा कमी आएकाले मूल्य बढेको व्यवसायीहरुले बताएका छन् ।
कालिमाटी फलफूलतथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार गत वर्षको भन्दा दुई गुणासम्म तरकारीको भाउ बढेको आजको कारोबार दैनिकमा समाचार छ ।
गत वर्षको असार पहिलो साता प्रतिकिलो थोक मूल्य ३८ रुपैयाँ पर्ने गाजर अहिले दुई गुणाभन्दा माथि बढेर ७५ रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष १६ रुपैयाँ प्रतिकिलो रहेको मूलाको भाउ अहिले ३८ रुपैयाँ छ ।प्रतिकिलो तामामा ७२, रायोको सागमा २०, लौकामा १० बन्दामा १६गरी अधिकांश मौसमी तथा बेमौसमी तरकारीको मूल्य बढेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4