३ असार, काठमाडौं । प्रहरीले संरक्षित बन्यजन्तु हाब्रे (रेडपाण्डा)को छालासहित दुई जनालाई रसुवाबाट पक्राउ परेको छ ।
पक्राउ पर्नेहरुमा रसुवाको राम्चे-५ बस्ने २४ वर्षीय रामकृष्ण वाइवा र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ छन् ।
उनीहरुलाई रसुवाको धैबुङ गाविस-५ कालिकास्थानबाट रेडपाण्डाको एक थान छालासहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।
संरक्षित वन्यजन्तुहरुको आखेटोपहार बिक्री बितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय रसुवाबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।
उनीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धी १९७५ विरुद्धको अपराध गरेकाले सोही अनुसार कारबाही प्रक्रिया अघि बढाउन जिल्ला बन कार्यालय रसुवाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4