+
+
Shares

झरनाको ‘ए मेरो हजुर २’मा साम्राज्ञी फाइनल

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३ गते १२:५६

gharna samragi and momअन्ततः नायिका झरना थापाले निर्देशन गर्न लागेको पहिलो चलचित्र ‘ए मेरो हजुर २’का लागि साम्राज्ञीराज्य लक्ष्मी शाह पक्का भएकी छिन् । लामो समयदेखि नायिकाको खोजीमा रहेकी झरनाले ‘ड्रिम्स’बाट चर्चा पाएकी साम्राज्ञीलाई नायिका बनाउने भएकी हुन् ।

आज उनीसँग संझौता गरिएको चलचित्रका निर्माता सुनिल कुमार थापाले जानकारी दिएका छन् । उनले भने-‘चलचित्रका लागि साम्राज्ञीसँग संझौता भएको छ । साउन २० गतेबाट छायांकन सुरु गर्नेछौ ।’ चलचित्रमा नाजिर हुसेन र वुद्धी तामाङ फाइनल भैसकेका छन् ।

नायिका शाहले ५ लाख रुपैयाँ पारिश्रमिक मागेको चर्चा बजारमा चलेको थियो । तर, निर्माता थापाले भने-‘पैसा ठूलो कुरा होइन । चलचित्रको कथा अनुसार साम्राज्ञी नै फिट छिन् । यसैले हामीले उनलाई लिएका हौ ।’
झरनाले आफ्नो निर्देशनमा बन्ने डेब्यू चलचित्रका लागि साम्राज्ञीलाई के ‘ह्यान्डसम मनी’ दिइन् होला त ? साम्राज्ञीले यो चलचित्र रिलिज नभएसम्म अर्को चलचित्र नगर्ने समेत बताएकी छिन् ।

शिव रेग्मीले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर’ सुपरहिट भएकाले पनि झरनालाई यूवापुस्ताको कथामा बन्ने यो चलचित्रमा चुनौती छ । चलचित्रमा बसन्त सापकोटाले संगीत दिएका छन् । चलचित्रको छायांकन अगावै यसको सांगीतिक पक्षको चर्चा  सिने बजारमा सुरु भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?