Comments Add Comment

जगदम्बा लुम्बिनीसँग आर्मी ६-० ले पराजित

३ असार, काठमाडौं । काठमाडौँमा जारी स्व. ललितकृष्ण स्मृति यु-१८ राष्ट्रिय फुटबल प्रतियोगितामा जगदम्बा लुम्बिनीले पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ६-० ले पराजित गरेको छ ।

jagadamba-lunmbiniबिहीबार भएको समूह बी अन्तर्गतको आफ्नो पहिलो खेलमा जगदम्बा लुम्बिनीले प्रतियोगितामा नै सबैभन्दा फराकिलो जित निकाल्दै स्पष्ट ३ अंकसहित समूहमा अग्रता लिएको हो ।

जगदम्बा लुम्बिनीको जीतमा तेजेन्द्र पुनले दुई गोेल गरेका थिए । यसैगरी दामोदर थापा, मन्दिप थापा, सोभित थापा, जनम लिगलसमेत एक-एक गोल गरेका थिए ।

यसअघि भएको पहिलो खेलमा आर्मीले जावलाखेलमाथि २-१ गोलको जित निकालेको थियो ।

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । उपाधि विजेताले नगद ३ लाख समेत प्राप्त गर्ने छ ।

असार ४ गते हुने दोस्रो खेलमा जगदम्बा लुम्बिनीले जावलाखेललाई बराबरीमा रोकेपनि दोस्रो चरणमा प्रवेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment