+
+
Shares

‘लुकामारी’ले किन पायो ‘पीजी’ ?

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ४ गते १२:३०

saugat malla in lukamari
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लुकामारी’ले चलचित्र सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । शुक्रबार बेलुकी चलचित्र हेरेपछि सेन्सरका सदस्यहरुले यसको तारिफ गरेका थिए ।

चलचित्रको कमेडी र सस्पेन्स पक्षलाई सेन्सरबाट तारिफ मिलेको निर्माता सुरजमान सिंह भण्डारीले बताए । उनका अनुसार कलाकार सौगात मल्ल, कर्मा लगायतका कलाकारको काम र कथावस्तुलाई रुचाइएको छ ।

श्रीराम दाहालले  निर्देशन गरेको यो चलचित्र असार १० गतेबाट रिलिज हुँदैछ । चलचित्रमा रीस्ता बस्नेत, सुरविना कार्की पनि मुख्य भूमिकामा छन् । सौगात मल्लको फरक गेटअप, कर्माको संवाद शैलीलाई ट्रेलरमा रुचाइएको छ । चलचित्रमा समावेश केही दृश्य कारण यसले पीजी पाएको हो । अब यो चलचित्र हेर्नका लागि १६ बर्ष तलका बालबालिकालाई बाबु आमाको साथ चाहिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?