Comments Add Comment

मुटुरोगबाट बच्न चाहनुहुन्छ ? बिहे गरिहाल्नुस्

heart

यदि तपाइँ अविवाहित हुनुहुन्छ र मुटुको रोगबाट बँच्न चाहनुहुन्छ भने कृपया बिहे गरिहाल्नुस् । बेलायतमा भएको एक शोधले विवाहित मानिसहरुमा हृदयाघातको खतरा अविवाहित मानिसमा भन्दा कम हुने देखाएको छ ।

शोधकर्ताहरुका अनुसार सम्बन्ध विच्छेद गरेकाहरुमा हृदयाघातको खतरा सबैभन्दा बढि हुन्छ । त्यस्तै अविवाहितहरु खतराको दोश्रो स्थानमा रहेका हुन्छन् भने विवाहितहरुमा हृदयाघातको जोखिम सबैभन्दा कम हुन्छ ।

विवाहित मानिसहरुमा हृदयाघातको जोखिम कम हुनुको प्रमुख कारण मानसिक शान्ती, जिवनसाथीको सहयोग तथा सामाजिक सहभागिता नै रहेको शोधकर्ताको ठम्याई रहेको छ ।

बेलायतको म्यानचेष्टरमा हालै भएको बि्रटिस कार्डियोभास्कुलर सोसाइटीको सम्मेलनमा पेश गरिएको उक्त रिपोर्ट एस्टन विश्वविद्यालयका २५ हजारमा मानिसमा अध्ययन गरी तयार पारिएको हो ।

शोध अनुसार विवाहित मानिसको तुलनामा अविवाहितमा वा एक्ला मानिसहरुमा हृदयाघातको खतरा १४ प्रतिशत बढि हुन्छ । सम्बन्ध विच्छेद गरेका मानिसमा यस्तो खतरा सबैभन्दा बढि हुनुको कारण अतिरिक्त तनाव र सामाजिक बहिष्करण रहेको शोधकर्ताको निष्कर्ष छ  ।

आमरुपमा सम्बन्ध विच्छेद गरेको मानिसप्रति समाजले हेर्ने दृष्टिकोण नकारात्मक हुने र त्यसको असर व्यक्तिको स्वास्थ्यमा पर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment