Comments Add Comment

पाँच सय खुडि्कला उक्लिएर रानीवन रिट्रिट रिसोर्ट

Raniban-Retret-Reshort-13

५ असार, पोखरा । के तपाईं सेता हिमाल, हरियाली पहाड र सुन्दर शहरको एकैपटक दृश्यपान गर्दै समय विताउन चाहनुभएको छ ? यदि छ भने जानुहोस्, पोखराको रानीवन रिट्रिट रिसोर्ट ।

विश्व शान्ति स्तुपा (हृवाइट गुम्बा)को माथिपट्टी रानीपौवामा रानीवन रिसोर्ट रहेको छ । यो रिसोर्टबाट हिमाल, फेवाताल र पोखरा शहर निकै मनमोहक र नजिकै देखिन्छन् । रिसोर्ट १२२० मिटर उचाईको डाँडोमा १३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

शान्त वातावरण रहेको रानीवन अर्गानिक बुटिक रिसोर्ट हो । रिसोर्टका भिल्लाहरु नेपाली ट्रेडिसनल आर्किटेक प्रयोग गरि बनाइएको छ । रिसोर्ट वातावरण मैत्री रहेको महाप्रबन्धक गंगा सागरले बताए ।

रानीवन रिटि्रट लक्जरी रिसोर्ट हो । रिसोर्टमा पुग्न ५ सयवटा ढुंगाका खुडि्कला चढ्नुपर्छ । पर्यटकलाई नेपालीपनको महशुस गराउन ढुंगाको सिँढी बनाइएको होटल सञ्चालक बिजय श्रेष्ठले बताए ।

Raniban-Retret-Reshort-3

रिसोर्टमा १० वटा रुमहरु रहेका छन् । जसमध्ये चारवटा डिलक्स, तीनवटा सनराइज भ्यू र तीनवटा माउन्टेन फेसिङ रुमहरु रहेका छन् । माउन्टेन फेसिङ रुममा निजी गार्डेन समेत बनाइएको छ ।

सबै रुमहरु छुट्टा-छुट्टै कटेजमा छन् । जसले रिसोर्टलाई थप आकषिर्त बनाउने काम गरेको छ । यो रिसोर्टमा खासगरी विदेशी पर्यटक पुग्ने गर्छन् । प्राकृतिसँग रमाउने पर्यटकका लागि रानीवन रिट्रिट रोजाईमा पर्ने गरेको रिसोर्ट सञ्चालक श्रेष्ठको भनाई छ ।

रिसोर्टमा पुग्ने वित्तिकै देखिने हिमाल, पहाड, पोखरा शहर र फेवातालको दृश्यले पर्यटकलाई मोहित बनाउँछ । पाँच सय खुडि्कला चढ्दाको थकान पर्यटकले रिसोर्टमा पुग्ने वित्तिकै बिर्सिएर फोटो खिच्न व्यस्त हुन्छन् ।

रिसोर्टका सबै रुमहरु वातानुकुलित छन् । रिसोर्टमा ठूलो क्षमताको सोलार राखिएको छ । तातोपानी र बत्तीका लागि सोलार उर्जाको प्रयोग गरिन्छ । चिसोतातो पानी र बत्ती चौविसै घण्टा उपलब्ध हुने महाप्रबन्धक गंगा सागरले बताए ।

Raniban-Retret-Reshort-9

रिसोर्टमा आउने पाहुनालाई अर्गानिक खाना खुवाइन्छ । गाईको गोबर प्रयोग गरेर उत्पादन गरेको तरकारी रिसोर्टमा पकाउने गरेको गंगा सागरको दाबी छ । त्यसैले रिसोर्टको खानहरु हाइजेनिक हुने उनले बताए ।

रिसोर्टमा स्पाको सुविधा छ । पर्यटकको चाहना बमोजिम योगा तथा मेडिटेसन समेत गराउने गरेको गंगा सागरले जानकारी दिए ।
रिसोर्टको आफ्नै खानेपानीको मुहान छ । उक्त मुहानबाट आएको पानीलाई फिल्टर गरेर सुद्धिकरण गरी प्रयोग गरिन्छ । अग्लो डाँडामा रहेको रिसोर्टमा निकै टाढाबाट मोटो रकम खर्चिएर पानी ल्याइएको हो ।

रिसोर्टमा विदेशी पर्यटकका लागि ९० डलरदेखि १६० डलरसम्मका रुमहरु उपलब्ध छन् । नेपालीहरुले भने ४/५ हजार रुपैयाँ तिरेर रिसोर्टमा बस्न सक्छन् । यो रिसोर्टका अधिकांश ग्राहक भने विदेशी नै हुन् ।

टि्रप एडभाइजरले सार्वजनिक गरेका पोखराका टप ६७ होटल तथा रिसोर्टमध्ये यो रिसोर्ट चौथो नम्बरमा पर्न सफल भएको छ ।WP_20150407_033Raniban-Retret-Reshort-12 Raniban-Retret-Reshort-11Raniban-Retret-Reshort-5 Raniban-Retret-Reshort-6 Raniban-Retret-Reshort-7 Raniban-Retret-Reshort-8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment