Comments Add Comment

अमेरिकामा ‘के म तिम्रो होइन र’को प्रदर्शन, यसरि घेरिए आर्यन

aaryan adhikari in america show
नेपालमा सफल मानिएको चलचित्र ‘के म तिम्रो होइन र’को विदेश प्रदर्शन पनि सुरु भएको छ । जुन १८ देखि यो चलचित्रको विदेश प्रदर्शनी सुरु भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।

जुन १८ मा चलचित्रका मुख्य नायक आर्यन अधिकारीको उपस्थितीमा करिब ५ सय दर्शक अट्ने क्षमता भएको अमेरिकाको सान फ्रान्सिस्कोमा अवस्थित ‘मचान थिएटर, अल्मेडा’मा सफल शो सम्पन्न भएको छ ।

पहिलो शो नै सफल भयपछि त्यहाँ रहेका सह निर्मातानिर्माताद्धय सुनिल अधिकारी र संजिव भट्ट सान फ्रान्सिस्कोको शोपछि अन्य स्टेट का शो को तयारीमा जुटेका छन् ।

कार्यव्यस्तताका कारण पहिलो शोमा उपस्थित हुन नसकेका चलचित्रका निर्देशक आकाश अधिकारी जुलाइको दोश्रो साता अष्ट्रेलिया हुँदै अमेरिका पुग्नेछन् । अमेरिकामा नै चलचित्र सम्बन्धी अध्ययन गरेर फर्किएका आर्यनलाई दर्शकले अत्याधिक माया दिएका थिए । aaryan adhikari in america
चलचित्रको अन्य शो अष्ट्रेलिया, आयरल्याण्ड र यूकेमा पनि चाडै हुने आकाशले जानकारी दिए । उनले भने-‘विदेशमा चलचित्रको माग भैरहेको छ । हामी विश्वका अधिकांश नेपाली दर्शकले चलचित्र हेर्न पाउन् भन्ने सोचले अगाडि बढेका छौ ।’

कथावस्तु, एक्सन र गीतसंगीतलाई उत्कृष्ट मानिएको यो चलचित्रमा आर्यन अधिकारी र मरिष्का पोख्रेल मुख्य भूमिकामा छन् । सुरेश अधिकारीले यो चलचित्रको निर्माण गरेका हुन् । नेपालमा यो चलचित्र वैशाख ३१ गतेबाट रिलिज भएको थियो । aaryan in kmthr permier in america

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment