Comments Add Comment

रोनाल्डोको अन्तिम मौका, जहाँ उनी खाली हात छन्

Ronaldo

पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो जारी युरोकपमा अहिलेसम्म खाली हात छन् । समूह चरणको दुई खेलमा रोनाल्डोको प्रदर्शन निराशाजनक रहृयो भने मैदानभित्र उनले देखाएको व्यवहार पनि विवादमुक्त रहेन ।

‘खराव दिन सँधै रहँदैन’ क्रिष्टियानो रोनाल्डोले भने । ३१ बर्षीय रियल मड्रिड सुपरस्टारको लय गुमिरहेको छ भने अहम्ता बढिरहेको छ ।

रोनाल्डो आगामी रुस विश्वकपमा ३३ बर्षको हुनेछन् भने २०२० को युरोकपमा ३५ बर्षको हुनेछन् । सम्भवतः फ्रान्स युरो नै उनको अन्तिम प्रतियोगिता हो, जहाँ उनले आफ्नै प्रयासले खेलको नतिजामा प्रभाव पार्न सक्छन् ।

तर, के रोनाल्डो स्ट्राइकरबाट झरेर मिडफिल्ड पोजिसनमा रहेर खेलेको कल्पना गर्नुहुन्छ ? जुन इंग्लिस स्ट्राइकर रुनीको हकमा लागू हुन्छ । आफू मिडफिल्डमा झरेर आफ्नो स्थानमा अर्का खेलाडीलाई खेलाइएकोमा उनी खुस छन् त ?

उनको क्लव रियल मडि्रडका पूर्व असिस्टेन्ट प्रशिक्षक पाउल क्लेमेन्ट भन्छन्, ‘च्याम्पियन्स लिगका खेलहरु खेलेर फर्किएपछि रोनाल्डो आइस बाथ लिन्छन्, बिहान ५ बजे फर्किएपछि उनी आइस बाथ लिन उचाउँछन् ।’

क्लेमेन्ट अझै सम्झन्छन्, ‘उनको गोल सेलिब्रेसन अझै उस्तै छ, जस्तो रियलको प्रशिक्षणका क्रममा उनले बर्नबाउमा गर्ने गर्थे ।’

तर, अव शंका छ कि पोर्चुगिज फुटबलमा सबैभन्दा धेरै क्याप जितेका सुपरस्टार रोनाल्डोले यस्तो सेलिब्रेसन गर्न पाउछन् ?

त्यसैले पोर्चुगिज टोलीमा उनले मिटमेटबाट सपोर्ट पनि पाएका छैनन् । १९ औं मिनेटमा डिफेण्डर रिकार्डो कार्वाल्होले हेडिङको प्रयास गरेका थिए । उनी उत्कृष्ट स्थानमा थिए, बल आइरहेको उनले बिचार गरेका थिए र रोनाल्डो त्यस बललाई भेट्टाउन प्रयासरत थिए तर सकेनन्, त्यसपछि उनले डिफेण्डरलाई आफ्नो क्षेत्रको बारेमा सुझाएका थिए ।

यो उनको कर्तव्य थियो कि जिम्मेबारी उनी आफैंले लिन चाहे । तर  पनि समयले उनलाई साथ दिइरहेको छैन । सम्भवतः पोर्चुगलले युवा खेलाडीलाई टोलीमा समाबेश गरेको भए खेल फरक हुन सक्थ्यो, जो रोनाल्डोबाट प्रेरित रहेर फुटबलमा लागेका थिए ।

तर पोर्चुगिज टोलीमा सबैभन्दा युवा स्ट्राइकर २८ बर्षीय एडर हुन्, उनले यस्तो गर्ने सम्भावना छैन जति रोनाल्डोले गरेका छन् ।

रोनाल्डोले व्यक्तिगत करिअरमा धेरै कुरा हासिल गरेका छन् । तीन पटकका फिफा बर्ष खेलाडी रोनाल्डोले व्यवसायिक करिअरमा थुप्रै सफलता हासिल गरेपनि मुलुकका लागि केहि गर्न सकेका छैनन् । या उनका लागि अन्तिम अवसर हो ।

युरोकपको ड्र सार्वजनिक हुँदा पोर्चुगल सबैभन्दा सजिलो समूहमा परेको बताइन्थ्यो । किनभने समूहमा अष्ट्रिया, हंगेरी र आइसल्याण्ड थिए, जसले मुस्किलले छनौट प्रतियोगिता पार गरेका थिए । तर, पनि समूह चरणको दुई खेल सकिसक्दा पोर्चुगल ‘डेञ्जर जोन’मा छ ।

प्रतियोगिताको समूह ‘एफ’ निक्कै प्रतिस्पर्धात्मक हुनेछ । समूहको अन्तिम खेलमा पोर्चुगलले हंगेरीबिरुद्ध जित्नैपर्ने छ । जित हात पारेमा समूहको बिजेता बन्दै अर्को चरणमा पुग्न सक्छ, बराबरी या हारले पोर्चुगल प्रतियोगिताबाट बाहिरिने सम्भावना प्रबल हुन्छ । कतिपयको यो तर्क पनि छ कि अघिल्लो खेलमा पाएको पेनाल्टी अवसरमा रोनाल्डोका अलावा अन्यले प्रहार गरेको भए पोर्चुगल यसअघिनै नकआउट चरणमा पुगिसक्ने थियो ।

उनी पेनाल्टीमा फेरि चुके । जसले गर्दा टोलीले पाएको अवसर गुम्यो । उनले पोर्चुगल र रियल मड्रिडबाट प्रहार परेको पछिल्लो ५ पेनाल्टीमा ४ वटामा चुकेका छन् । उनले ठूला प्रतियोगितामा फ्रि-किकमा पनि गोल गर्न नसकेको लामो समय भयो । पछिल्लो ३६ पटकको प्रहारमा उनले गोल गर्न सकेका छैनन् ।

रोनाल्डोको अनुहारले सबै बताएको हुन्छ । धेरैले सोचेका छन् उनी अहिले शब्दबिहीन भएका छन् । उनले गोताखोरको हेल्मेट लगाएपनि केहि फरक पर्नेवाला छैन । किनभने उनले आफ्नो भावना कतै लुकाउन सक्दैनन् ।

उनले गोलका थुप्रै अवसरहरुपनि सृजना गर्न सक्छन् । तर, त्यसका लागि रियल मड्रिडमा जस्तो ग्यारेथ बेल पोर्चुगिज टिममा उनीसँग छैनन् । उनले टिममेटलाई बुझेका छन् कि कसैले पनि उनको स्तरमा खेल्न सक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment