+
+
Shares

साकिरी भन्छन्-पुमाले कन्डोम नबनाओस्

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७३ असार ६ गते १७:५१

Saquiri

काठमाडौं । ९० मिनेटको खेलमा कुनै गोल भएन । तर, चार वटा जर्सी च्यातियो, एउटा बलको हावा फुस्कियो ।

सोमबार विहान युरो कपमा फ्रान्स र स्विट्जरल्याण्डले गोल रहित बराबरी खेल्यो । तर, खेलले भन्दा जर्सी च्यातिएको कुराले धेरैको ध्यान तान्यो । स्वीस जर्सी कागज जसरी च्यातिएपछि विंगर साकिरीले टिप्पणी गरेका छन्-म आश गर्छु कि पुमाले कन्डोम उत्पादन गर्दैन ।’

आर्सनलका नयाँ मिडफिल्डर ग्रानित जाकाले दुई पटक जर्सी फेर्नु पर्‍यो । एडमिर मेहमेदी र इम्बोलाको पनि जर्सी च्यातिएको थियो । इम्बोलाले भनेका छन्, हाम्रो जर्सीमा केही समस्या देखियो ।’

पुमाका प्रवक्ताले भने आफ्नो बचाउ गरेका छन् । युरो २०१६ मा अहिलेसम्म पाँच टिमले १० खेलमा पुमाको जर्सी लगाउँदा कुनै समस्या नआएको भन्दै उनले भने, हाम्रो टिमले छानविन गरिरहेको छ ।’

खेलका क्रममा भएका बलको हावा पनि फुर्किएको थियो । जुन बलको मूल्य १०५ युरो छ । एडियासले भनेका छ कि यसबारे छानविन भइरहेको र बलबाट हावा जानुको कारण पत्ता लागिनसकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?