Comments Add Comment

युरोकपमा नकआउट चरण पुग्ने १६ टोली कसरी छानिन्छन् ?

Eurocup-Schedule युरो २०१६ मा सहभागी भएका २४ मध्ये ८ टोलीमात्र समूह चरणबाटै बाहिरिनेछन् । यस्तो व्यवस्था यसै संस्करणदेखि सुरु गरिएको हो । अन्याथा युरोमा १६ टोलीलाई सहभागी गराइन्थ्यो । समूहको शीर्ष दुई टोलीले अन्तिम १६ मा स्वतः स्थान बनाउनेछन् । तर बाँकी चार टोलीका लागि भने ६ समूहबाट उत्कृष्ट तेस्रो हुनेमध्ये ४ टोलीलाई छनौट गरिनेछ । तर कसरी छनौट गरिन्छ त ? हामीले यसरी छनौट हुने तरिकाबारे उल्लेख गरेका छौं ।

प्रतियोगितालाई विस्तार गरेर यस संस्करणदेखि २४ टोली सहभागी गराइएको छ, यो केहि हदसम्म मैदानमा सफलपनि भएको छ । तर यसबारे भ्रम पनि फैलिरहेको छ कि २४ मध्ये १६ टोली कसरी अर्को चरणमा प्रबेश पाउँछन् ?

शीर्ष दुई टोली स्वतः छनौट

सबैभन्दा पहिले प्रतियोगिताका ६ समूहका शीर्ष दुई स्थानमा आउने टोलीले सीधै अर्को चरणमा प्रबेश पाउँछन् । त्यो बुझ्न कठीन छैन । १६ मध्ये १२ टोली यसरी पि्रक्वाटरफाइनलका लागि छनौट हुन्छन् । अब बाँकी रहृयो ४ टिम ।

समूहमा तेस्रो हुने टोलीमध्ये उत्कृष्ट चार

समूह चरणको खेल सकिएपछि अंकतालिकामा प्रष्ट हुन्छ कि तेस्रो हुने टोलीको विवरण । ६ समूहबाट तेस्रो भएकामध्ये उत्कृष्ट चार टोली छनौटको मापदण्ड यसप्रकार छ ।
क) अंक
ख) गोलअन्तर
ग) गोल
घ) फेयर प्ले (रेडकार्डका लागि ३, पहेँलो कार्डका लागि १ र थोरै अन्तरको जीत)
ङ) युइएफए टिम गुणाङ्क

माथि उल्लिखित बुँदाले तपाईलाई उत्कृष्ट चार छुट्याउन कठिन हुनेछैन । छनौट चरणमा भन्दा ठीक विपरित तरिकाबाट उत्कृष्ट चारको छनौट गरिन्छ । धेरैलाई लागेको हुनसक्छ, ६ समूहका तेस्रो भएका टोलीहरुबीच पुनः खेलेर प्राप्त नतिजाको आधारमा बिजेता छनौट गरिन्छ, त्यो सरासर गलत हो ।

तपाईंले अनुमान लगाइरहनुभएको होला कि उत्कृष्टताको आधारमा सीधै छनौट हुने सम्भावना कतिको हुन्छ । खासमा समूह चरणमा १ जित, १ बराबरी र १ पराजयको नतिजा निकाल्ने टोली उत्कृष्ट तेस्रो बन्ने संभावना निक्कै हुन्छ । त्यस्तो नतिजा ल्याउने धेरै भए भने अन्य कुराहरु जस्तै गोलअन्तर, फेयर प्ले लगायत हेरिन्छ । अंकको आधारमा छनौट हुने सभावनालाई तलको तालिकाले प्रष्ट पारेको छ ।

point-chanceअन्तिम १६ को समिकरण

युरोकपको अन्तिम १६ को समिकरण बुझ्न केहि कठिन छ । प्रतियोगितामा ६ मध्ये ४ समूहका विजेता उत्कृष्ट तेस्रो हुने चार टोलीबिरुद्ध भिड्नेछन् । दुई समूहका विजेता (समूह ‘इ’ र ‘एफ’) ले दुई समूहका उपविजेता (समूह ‘डी’ र ‘इ’) सँग खेल्नेछन् । बाँकी चार उपविजेता (समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘एफ’)ले आपसमै भीड्नेछन् ।

केहि समस्या पक्कै छ कि यस युरोमा यस्तो पनि हुनसक्छ । समूहको उत्कृष्ट तेस्रो बनेर नकआउट चरणमा पुगेको टोलीले सेमिफाइनलमा समूह चरणमा खेलिसकेको टालीको सामना गर्ने संभावना अत्याधिक छ । र अर्को कुरा समूह इ र एफका बिजेता र डी र इ का उपबिजेताका लागि पनि अन्य टोलीको तुलनामा केहि अनुचित पक्कै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment