Comments Add Comment

सिद्धार्थ र बिजनेस युनिभर्सलको एकीकृत कारोबार सुरु

Sidhrtha-bank

७ असार, काठमाडौं । सिद्धार्थ बैंक र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु भएको छ । मर्जरपश्चात असार ७ गतेदेखि सिद्धार्थ बैंकको नामबाट एकीकृत कारोबार सुभारम्भ भएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एक समारोहबीच बैंकको एकीकृत कारोबारको समुद्घाटन गरे । आगामी दिनहरुमा बैंकले एक सबल र सुदृढ बैंकका रुपमा ग्राहकहरुलाई बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

मर्जरपश्चात्सिद्धार्थ बैंकको कुल पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । बैंकले १ अर्ब ९० करोड रुपैयाँ मुनाफा ९कर्मचारी बोनस र कर व्यवस्था अघिको० र  १ अर्ब १६ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ ।

बैंकको कुल निक्षेप ६२ अर्ब १० करोड र कर्जा लगानी ५३ अर्ब ६४ करोड पुगेको छ । मर्जरपश्चात बैंकको नेपालभर ६९ शाखा, ८१ एटीएम र ६५ स्थानमा शाखारहित बैंकिङ सेवा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment