Comments Add Comment

क्यास्ट्रोल एक्टिभो नेपाली बजारमा

७ असार, काठमाडौं । क्यास्ट्रोल लुब्रिकेन्टसको नयाँ उत्पादन ‘क्यास्ट्रोल एक्टिभो’ नेपाली बजारमा भित्रिएको छ । क्यास्ट्रोल लुब्रिकेन्टसको नेपाली बिक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले क्यास्ट्रोल एक्टिभोलाई भित्राएको हो ।

Castrol-Activo-Finalएक्टिभो फोर स्ट्रोक इन्जिन आयल हो । दक्षिण एसियामै पहिलो पटक यसलाई नेपाली बजारमा भित्राएको कम्पनीको दाबी छ । एक्टिभोको प्रवेशसँगै अब नेपाली बजारमा पहिलेदेखि प्रचलित क्यास्ट्रोलको एक्टिभ ४टी लुब्रिकेन्ट्सको स्थानमा एक्टिभो स्थापित हुने भएको छ ।

एक्टिभ ४टीले मोटरसाइकल र स्कुटरको इन्जिन आयल अर्थात लुब्रिकेन्ट्सका रुपमा ख्याती कमाएको थियो । एक्टिभो पहिलेको एक्टिभ भन्दा विशेष रुपमा परिस्कृत गरेर बजारमा ल्याइएको छ । यसमा अत्याधुनिक एक्टिभ बोन्ड मोलिक्युल्स रहेको नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जितले बताए ।

उनका अनुसार उक्त मोलिक्युल्सको सहयोगले इन्जिनमा एक किसिमको झिल्ली बस्न गई इन्जिनलाई सुरक्षित राख्छ । यसका कारण इन्जिनमा अनावश्यक पदार्थ बस्न वा जम्न पाउदैन । इन्जिनका भागहरुमा उक्त मोलिक्युल्स टाँसिएर बसेको हुन्छ जसले स्टार्ट बन्द गरेको र फेरि स्टार्ट गरेको अवस्थामा पनि इन्जिनलाई पूर्ण सुरक्षित राख्छ ।

एसिया र मध्यपूर्वी देशमा एक्टिभ र युरोप तथा अमेरिकी बजारमा एक्टिभो प्रचलित थियो । क्यास्ट्रोलको एक्टिभ पहिले देखि नै नेपाली उपभोक्ताहरुका बीचमा लोकपि्रय भएकाले दक्षिण एसियामै पहिलो पटक एक्टिभोलाई नेपाली बजारमा पठाइएको कम्पनीको भनाइ छ ।

पहिलेको एक्टिभ सरहकै मूल्य कायम भएकाले पनि यसले नेपाली बजारमा लोकपि्रयता हासिल गर्ने कम्पनीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment