+
+
Shares

अष्ट्रेलियाको पर्थमा नेपाली चित्रकला प्रदर्शनी

कमल शिलवाल कमल शिलवाल
२०७३ असार ७ गते १९:०१

IMG_9633

गएको शनिबार पश्चिम अष्ट्रेलियाको पर्थ, चित्रप्रेमी नेपालीहरुका लागि बिशेष दिन रह्यो । पहिलो पटक पर्थमा भएको नेपाली चित्रकला प्रदर्शनीमा उत्साहित हुँदै नेपाली र बिदेशी नागरिकहरुले नेपाल र नेपाली जनजीवनलाई झल्काउने चित्रकलाहरुलाई निकै ध्यानपुर्बक अवलोकन गरे ।

पारिवारिक भ्रमणमा रहेका भक्तपुर बालकोटका झलक केसीले पर्थ बसाईकै क्रममा बिगत ८ महिनामा बनाएका नेपाल र नेपालीपन झल्कने चित्रकलाहरुलाई प्रदर्शनीमा राखिएका थियो । हिमाल, पहाडका मनोरम दृश्य, गाउँले जनजीवन र परिवेश, नेपालका महत्वपूर्ण मठ मन्दिर, गुम्बा र प्राकृतिक सुन्दरतालाई केसीले क्यानभासमा उतारेका थिए ।

IMG_9634

धरहरा, पशुपतिनाथ, बौद्धनाथ स्तुपा, पाटन कृष्ण मन्दिर, भक्तपुर दरवार स्क्वायर र बसन्तपुर दरवार स्क्वायरका स्केचहरु प्रदर्शनी अबधिभर सर्बाधिक मन पराइएका थिए । त्यसो त प्रेम, वन्यजन्तु, सामुऽकि किनार जस्ता चित्रकलाले समेत सबैको मनलाई लोभ्याएको थियो ।

IMG_9642

कलाकार झलक केसीले आफुले अष्ट्रेलियन तथा बिदेशी नागरिकहरुलाई नेपाली कला, संस्कृति, प्राकृतिक सुन्दरता, सामाजिक र सांस्कृतिक विविधतालाई आˆनो पेन्टिङ मार्फत चिनाउन र देखाउन खोजेको बताए । उनले भने, ‘चित्रको माध्यमबाट म बिदेशीहरुलाई नेपालको सुन्दरतालाई चिनाउन चाहन्छु । मेरो अर्को उद्देश्य भनेको पेन्टिङकै माध्यमबाट नेपाली टुरिजमलाई अष्ट्रेलियामा पनि प्रमोट गर्नु हो ।’

IMG_9643

प्रदर्शनीमा सहभागी अष्ट्रेलियाकी करिसा गौतमले भनिन्, ‘प्रदर्शनीमा राखिएका सबै चित्रकलाहरु ऐतिहासिक छन् । हेर्दा सबै साच्चिकैका हुन कि जस्तो देखिन्छन् । मैले पछिल्लो पटक नेपाल भ्रमण गर्दा जे देखेको थिए त्यही आज पर्थमा पेन्टिङमा देख्न पाएँ खुशी लाग्यो ।’ त्यस्तै सहभागी मध्येकै एक निरज क्षेत्रीले चित्रकलालाई देखाउदै भने, ‘हामी स्वर्ग खोज्दै विश्व चाहर्दैछौ तर वास्तविक स्वर्ग नेपालमै छ, झलक बुवाको जीवन्त आर्ट्सले मन छोयो ।’

IMG_9620_1

नेपाल, नेपाली र नेपालीमनलाई चित्रकलाले जोड्न सकेको भन्दै सहभागीहरुले कलाकार झलक केसीलाई चित्रकला बारे जिज्ञासा राखेका थिए । केही सहभागीहरुले भने आफुलाई मन परेको आर्ट्स बुकिङ गर्न सम्म भ्याए । यस्ता चित्रकला प्रदर्शनीहरुले नेपालीको पहिचान र पर्यटनलाई समेत बिशेष प्रबर्दन गर्न मद्धत मिल्ने पर्दर्शनीमा सहभागीहरुको ठ्म्याइ थियो ।

IMG_9636

IMG_9629

IMG_9638

IMG_9646

IMG_9637_1

IMG_9623_1

IMG_9626

IMG_9625

IMG_9622

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?