 ८ असार, झापा । झापाको कन्काई नगरपालिका-४, सुरुङ्गामा रहेको मेरिगोल्ड अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरु अज्ञात रोगका कारण दिनहुँ बेहोस हुन थालेपछि पठनपाठनमा समस्या भएको छ ।
८ असार, झापा । झापाको कन्काई नगरपालिका-४, सुरुङ्गामा रहेको मेरिगोल्ड अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरु अज्ञात रोगका कारण दिनहुँ बेहोस हुन थालेपछि पठनपाठनमा समस्या भएको छ ।
विद्यालयका प्रधानाध्यापक गोकुुल उप्रेतीका अनुसार आइतबार कक्षा ७ मा पढ्ने ७ जना छात्र एकै पटक बेहोस भएका थिए । त्यस्तै, बेहोस हुने क्रम सोमबार पनि दोहोरिएको उनले जानकारी दिए ।
नियमित पठनपाठन भइरहेको समयमा विद्यार्थी बेहोस भएपछि उनीहरुलाई स्थानीय हस्पिटलमा लगेर उपचार गरिएको थियो । मेरिगोल्ड हस्पिटल, सुरुङ्गाका डाक्टरहरुले पनि अनौठो रोगका कारण विद्यार्थीहरु विरामी भएको बताएपछि शिक्षक र अभिभावकहरु चिन्तित बनेको उप्रेतीको भनाई छ ।
यसरी कक्षा ७ का विद्यार्थी दिनहुँ बेहोस हुन थालेपछि दुई दिनका लागि पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4