+
+
Shares

वान की मुनले भने- काबुल आक्रमणकारीलाई कारबाही गर

मृतक नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ८ गते १५:३८

८ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले १२ नेपालीसहित १४ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणमा संलग्नलाई कारबाही हुनुपर्ने बताएका छन् ।

U.N. Secretary-General Ban Ki-moon gestures during a press conference at the United Nations headquarters in Geneva, Switzerland Friday, Dec. 12, 2008. Ban says the latest "very sobering" assessment of the World Bank underscores the world's economic problems. The world should act with great urgency and compassion to ease economic distress. (AP Photo/Anja Niedringhaus)बुधबार प्रेस विज्ञप्ति जारी गरी वानले दोषीलाई कानुनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

वानको तर्फबाट प्रवक्ताले जारी गरेको विज्ञप्तिमा नेपाल र अफगान सरकामार्फत् मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

काबुलस्थित क्यानेडियन राजदूतावासको सुरक्षार्थ खटिएका नेपाली सवार बसमा गत सोमबार तालिवान लडाकूले आत्मघाती आक्रमण गर्दा १२ नेपालीसहित १४ जनाको मृत्यु भएको थियो । आक्रमणमा ७ नेपाली घाइते भएका छन् ।

आक्रमणमा मृत्यु भएकाहरुको शव बुधबार काठमाडौं ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?