+
+
Shares

कर्ण भन्छन्-स्पेनलाई मेस्सीको खाँचो छ

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ८ गते १६:२८

घरेलु फुटबलका स्टार कर्ण लिम्बु अहिले गृहनगर झापामा व्यवसाय गरेर बसिरहेका छन् । घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शनका बाबजुद राष्ट्रिय टोलीमा छनौट हुन नसकेका अभागी फुटबलरको रुपमा चिनिएका कर्णले फ्रान्समा जारी युरोकपपनि ‘फलो’ गरिरहेका छन् । राति अवेरका खेलहरु हेर्न संभव नरहेपनि साँझका खेलहरु र बाँकी युट्युवमा हाइलाइट्स हेर्ने गरेको उनले सुनाए ।

Karna-Limbuयुरोपेली फुटबलमा उनको मनपर्ने टोली स्पेन हो । फुटबल बुझ्न थालेदेखि नै स्पेनको समर्थल गरेका उनले स्पेनले २००८ र २०१२ मा युरोकप जितेको टेलिभिजनबाट हेरे । यसपटक स्पेन उपाधिमा हृयाटि्रक गर्ने अभियानमा छ । तर उनलाई लाग्दैन कि स्पेनले यसपटकको युरोको उपाधि जित्छ ।

‘स्पेनिस टोलीको महत्वपूर्ण समस्या फिनिसिङमा छ ।’ कर्ण भन्छन्, ‘विश्वका उत्कृष्ट डिफेण्डरले रक्षापंक्ति संहालेपनि फरवार्ड लाइनमा स्पेनले युवा टोलीलाई मौका दिएको छ । तर मलाई यी खेलाडीहरुले जिम्मेबारीमा न्याय गर्न सक्छनजस्तो लाग्दैन ।’ उनले थपे, ‘स्पेनसँग सबैथोक छ, विश्वकै उत्कृष्ट टोलीमध्येको एक हो स्पेन तर उसँग मेस्सी छैन, त्यो नै उसको सबैभन्दा ठूलो कमजोरी हो । जुन हामीले गत विश्वकपमा पनि महशुस गर्‍यौं ।

स्पेनले समूहको अन्तिम खेलमा क्रोएशियासँग पराजय ब्यहोरेपछि उसको आगामी खेलहरु कठिन बन्ने निश्चित देखिएको छ । झापामा आफैले सञ्चालन गरेको चन्द्रगढी स्पोर्ट्स हाउसबाट अनलाइनखवरसँग कुरा गर्दै कर्णले भने, ‘प्रि-क्वाटरफाइनल चरणमै स्पेनले गत संस्करणको फाइनलको प्रतिद्धन्दी इटलीसँग खेल्ने भएपछि उसको यात्रा निक्कै कठिन बन्नेछ ।’ उनले थपे, ‘भाग्यले त्यस खेल जित्यो भनेपनि त्यस अगाडिका चरणहरुमा स्पेनका लागि फलामको चिउरा चपाएसरह हुनेछ ।’

स्पेनिस टोलीको समर्थनमा रहेपनि यस युरोमा कर्णको मनपर्ने खेलाडी भने इंग्ल्याण्डका जेमी भार्डी हुन् । ‘भार्डी इंग्लिस फुटबलमा ढिला चम्किएका स्टार हुन्’, कर्ण भन्छन्, ‘चार बर्षअघि सम्म विश्व फुटबलमा भार्डीको नाम सायदैले सुनेका थिए, तर अहिले सबैतिर उनैको वाहीवाही छ । त्यसैले सबै खेलाडीको दिन आउँछ, अहिले उनको पालो हो ।’ उनले फिनिसिङमा देखिने आत्मविश्वास र फिजिकल गेमले आफु लोभिएको कर्णको दावी छ ।

इसपटकको युरोकपमा फ्रान्स, जर्मनी, बेल्जियम र इटलीले सेमिफाइनलमा स्थान बनाउनसक्ने कर्णले बताए । यद्यपी पि्र-क्वाटरफाइनलमा स्पेनले इटलीलाई हरायो भने चाहीँ स्पेनले फाइनल नै खेल्छ भन्छन् उनी । कर्णका अनुसार प्रतियोगिताको सुरुवात खराव रहेपनि बेल्जियमको टोली युरोकै उत्कृष्ट भएको कर्णको भनाइ छ । फ्रान्सले घरेलु मैदानको फाइदा उठाउने र स्टार खेलाडीले भरिएको जर्मनीले विश्व च्याम्पियनकै हैसियदले पनि उपाधिको प्रमुख दावेदार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?