+
+
Shares

नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ९ गते ११:४०

९ असार, चितवन । पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । चितवनको कालिखोलामा पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको थियो ।

Narayangadh-Muglin-Roadपहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको मुग्लीन प्रहरीले जनाएको छ । दुई तर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने प्रहरीको भनाइ छ ।

लेदो माटो र ढुंगासहित पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको बाटो खुलाउन खटिएकाहरुले बताएका छन् ।

अहिले नारायणगढ-मुग्लीन सडक फराकिलो पार्ने काम भइरहेको छ । वर्षायाममा पहिरो खस्दा नारायणगढ-मुग्लीन सडकखण्डमा घण्टौंसम्म जाम हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?