+
+
Shares

पहाडको कन्दरामा मुस्कान खोज्दै सुनिता

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ९ गते १५:४८

sunita-2काठमाडौं । सिन्धुपाल्चोकको विकट गाविस नाम्फामा पहिलो पटक पुगेर फर्किएकी गायिका सुनिता दुलाललाई लागको थिएन  नाम्फा त्यति दुर्गम छ भनेर । काठमाडौंसँगै जोडिएको जिल्लाको रुपमा चिनिन्छ सिन्धुपाल्चोक । जहाँ केही स्थान यस्तो पनि छ, टेलिफोनको टावरले समेत काम गर्दैन’

नाम्फा गाविसमै रहेको घिउलदेखि निमावीमा अध्ययनरत २५० वालवालिकालाई उनले विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरेर आईन । उनले दिएको उपाहार पाएर धेरै वालवालिका र अभिभावक खुसी भए । तर, त्यो खुसी हुने स्थानियले भोगेको दुःख भने उनलाई अहिले पनि झल्झली याद आईरहेको छ । यसपालीको यात्रा कस्तो लाग्यो उनको आफ्नै शब्दमा:

विभिन्न कार्यक्रमको सिलसिलामा म पहाडी क्षेत्रमा रहेको थुप्रै गाउँघरमा पुगेकी छु । सार्वजनिक धारामा महिलाहरु पानीको लागि लाइन बसेको, एउटै महिलाले गाग्रीमाथी गाग्री खप्ट्याएर बोकेको, पुरुषहरुले आफु भन्दा डब्बल ठुलो भारी बोकेर हिंडेको देखेकी छु । स्कुल जाने उमेरका केटाकेटी धुलै धुलोमा खेलेर बिताएको, अनि कठयाङग्रीदो जाडोमा पनि बाउला वा टाँक नभएको लुगा लगाएर वालवालिका रमाईरहेको देखेकी छु ।

यसपाली थाह पाँए सिन्धुपाल्चोकको नाम्फा गाविस त्यस्तै विकट मध्येकै एक रहेछ । मोटरवाटो छाडेपछि ठ्याक्कै चार घण्टा लाग्छ नाम्फा पुग्न ।

साँघुरो भिरको बाटो । पानी पर्दा निकै चिप्लो हुन्छ । हिंड्दामा अलिकति चिप्लियो भने सिधै तल खस्ने डर । हामी डराई डराई हिंड्यौ । सिमसिम परेको पानीले बाटो चिप्लो थियो । तर, त्यहि चिप्लो बाटोमा कतिपय गाउँका बृद्धहरु आफु भन्दा ठूलो भारी बोकेर पनि हिंड्नु भएको थियो । शायद उहाँहरु बाटोसंग अभ्यस्त हुनुहुन्थ्यो ।

चार घण्टा हिंडेपछि हामी बल्ल पुग्यौ घिउलदेबि निमाबी । विद्यालयको स्थिती निकै टिठ लाग्दो थियो । भूकम्पले भवन भत्केपछि टहरोमै अध्ययन गर्न विवस पिद्यार्थी कसैको पनि राम्रो लुगा थिएन ।

जब, एकसरो कपडा नै राम्रो छैन भने उनीहरुका लागि स्कुल ब्याग र गाता लगाएको कापी र राम्रो कलम निकै टाढाको विषय थियो । विकासको कुरा त एकादेशको कथा जस्तै लाग्यो ।

नाम्फाबासीले मोटरवाटो हेर्न मात्रै पनि केहि घण्टा हिँड्नुपर्छ । बिजुली बत्ति, स्वास्थ्य सेवा त कल्पना भन्दा बाहिरको विषय बनेको छ । मोबाईल टेलिफोनले समेत राम्रोसंग काम गर्दैन ।

sinita-1

त्यहि विकट ठाउँका वालवालिकासंग केही वेर भलाकुसारी गर्ने अवसर मिल्यो । यस अर्थमा म आफुलाई भाग्यमानी ठान्छु ।  मैले त्यस विद्यालयमा अध्ययन गर्ने २४० विद्यार्थी भाई बहिनीहरुलाई स्कुल ब्याग, विद्यालय पोशाक र केही स्टेशनरी सामग्री वितरण गर्ने अवसर पाए ।

खासमा यो अवसर मिलाईदिनु भएको थियो योर्क नेप्लीज कक्युनिटी युकेका अध्यक्ष गोपाल पुन र महासचिब दुर्गा गुरुङले । उहाँहरुले उपलब्ध गराईदिनु भएको सामग्री लिएर हामीले बाँड्ने काम गरेका थियौं ।

कसले दियो कसले बाँड्यो भन्दा पनि हामीले जसलाई ति सामग्री उपलब्ध गरायौं उहाँहरु असाध्यै खुसी हुनु भयो ।

विद्याथी मात्रै हैन अभिभावकहरुको समेत ओठमा मुस्कान देख्दा निकै खुसी लाग्यो । हामी पुग्दा मुस्कान सहित स्वागत गर्ने ति वालवालिकाले फर्किर्दा पनि उही मुस्का दिएर पठाए । अलिकति आश जागेको छ हामीले दिएको नयाँ लुगा लगाएर नयाँ कापी बोकेर विद्यालय जाने वालवालिकाले नयाँ केही कुरा सिक्ने छन् ।

पहाडको त्यो कन्दरामा फूलेको मुस्कानको फूल वास्तवमै लोभलाग्दो मात्रै थिए । केही गर्छ कि भन्ने भरोसा पनि जगाएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?