बढ्दो मोटोपनालाई मानिसको खानपानको आनीबानीसँग जोडेर हेरिन्छ जसमध्ये जंकफुडको सेवनलाई सबैभन्दा प्रमुख कारण मानिन्छ । तर जंकफूड मात्र होइन बिहेले पनि मानिसको वजन बढाइदिन्छ ।
हालैको एक अध्ययन अनुसार बिहेकोे बन्धनमा बाँधिएसँगै अधिकांस दम्पत्तिको जिउको वजन बढ्ने र पहिले भन्दा मोटाउने गरेको देखाएको छ ।
बिहेपछि जिन्दगीमा बदलाव आउँदछ भन्ने कुरा त देखे भोगेकै हो । तर बिहेले सरीरमा यतिठूलो बदलाव आउँदछ की मानिसलाई चिन्तामा फसाइदिन्छ । आखिर बिहेपछि मानिसको जिउ किन मोटाउन थाल्दछ त ? शोधकर्ताहरुका अनुसार बिहेपछि मानिसको जिवनशैलीमा आउने परिवर्तन जिउ मोटाउनुको मुख्य कारक तत्व हो ।
स्विजरल्याण्डको बासेल विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार अविवाहितको तुलनामा विवाहितहरु खानेकुरा बढि नै खरीद गर्दछन् र बिहेपछिको रमझममा खानपान पनि बढि नै गर्दछन् ।
खासगरी बिहे लगत्तै अधिकांस गृहिणी महिलाहरुले निकै पोषिला तथा पर्याप्त खानेकुरा खाने तर त्यसको तुलनामा शारीरिक श्रम बढि हुने भएकाले उनीहरुको जिउ मोटाउँदछ । जिउको मोटाइमा विवाहपछिको खुसी तथा सन्तुष्टिले पनि प्रभाव पार्दछ ।
प्रतिक्रिया 4