इभान राकिटिक
नकआउट चरणको पहिलो खेलमा पोर्चुगलबिरुद्ध क्रोएशियाका लागि स्टार मिडफिल्डर लुका मोडि्रड चोटमुक्त हुँदै मैदानमा फर्किए भने पोर्चुगिज डिफेन्सको सबैभन्दा ठूलो चुनौति उनलाई रोक्नु हुनेछ ।
तर इभान राकिटिकको बहुमुखी प्रतिभा र परिस्थिति अनुसार खेल परिवर्तन गर्नसक्ने क्षमता यो अवस्थामा फाइदाजनक हुनसक्छ । किनभने लुकालाई राक्नका लागि लागिपरेका डिफेन्डरलाई छक्याउँदै राकिटिकले घातक आक्रमण बुन्न सक्नेछन् । मुख्य स्ट्राइकरलाई गोलका लागि बल उपलब्ध गराउन माहिर राकिटिक सेन्टर मिडफिल्डबाट खेल्न सहज ठान्छन् ।
पोर्चुगललाई हराउनका लागि क्रोएशियाले मूख्य ध्यान नै मिडफिल्डमा दिनुपर्छ । किनकि पोर्चुगिज टोलीको रक्षापंक्ति समूह चरणमा निक्कै कमजोर पाइएको थियो ।
रेनाटो सान्चेस
पोर्चुगिज च्याम्पियन बेनफिकाका सनसनीपूर्ण युवा मिडफिल्डर हुन रेनाटो सान्चेस । उनलाई पोर्चुगिज फुटबलमा भगवानले पठाएको उपहारको रुपमा व्याख्या गर्न थालिएको छ । समूह चरणका खेलमा उनले सब्सिच्युड खेलाडीको रुपमा मेदान प्बेश गरेर राम्रो छाप छोडेका थिए ।
पोर्चुगलका मिडिया र बेनफिकाका अधिकांश समर्थकले उनलाई रोनाल्डोपछिको पोर्चुगलको सबेभन्दा उत्कृष्ट खेलाडीको रुपमा परिभाषित गर्दैछन् ।
पोर्चुगलका डिफेण्डर जोसे फोन्टेले भनेका छन् कि ‘सान्चेस एक उर्जावान खेलाडी हुन् । शक्तिशाली पनि छन् जो बललाई छलाउँदै लगाडि बढाउन मनपराउँछन् ।’ वास्तवमा उनी आफ्नो चलाखीपूर्वक डि्रवल गरेर विपक्षीमाथि पूर्ण रुपमा हावीहुन्छन् ।
हंगेरीबिरुद्धको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका उनले राम्रो छाप छोड्न सफल भएका थिए । १८ बर्षीय यी युवा स्टारलाई नकआउट चरणको पहिलो खेलमा फर्नाण्डो सान्तेाषले सुरुवाती ११ मे क्रोएशियाबिरुद्ध मेदानमा उतार्ने सम्भावना पनि छ ।
प्रतिक्रिया 4