Comments Add Comment

हल-हलमा पुगे सौगात, मल्टिप्लेक्समा ‘लुकामारी’ राम्रो

saugat surbina jbdc
यदि नेपाली चलचित्रलाई मल्टिप्लेक्स संचालकहरुले आफ्नो सोच्ने हो भने शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘लुकामारी’का निर्माताले ठूलो राहत पाउने थिए ।

तर, हिन्दी र अंग्रेजी चलचित्रलाई दिएर बचेका केहि शोमा नेपाली चलचित्र लगाउँदा निर्माता मारमा परेका छन् । १५ दिन भन्दा बढी मल्टिप्लेक्समा ट्रेलर बजाउँदा निर्माताले पैसा तिर्नुपर्छ । हलमा चलचित्रको फ्लेक्स राख्दा पनि निर्माताले मल्टिप्लेक्स संचालकलाई राम्रै रकम वुझाउँछन् । तर, मल्टिप्लेक्स संचालक भने नेपाली चलचित्रलाई दोश्रो दर्जाको ठान्छन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लुकामारी’को हकमा पनि यस्तै लागू भयो । शुक्रबार क्यूएफएक्स सीभीलमा राम्रो व्यापार गर्दा पनि शनिबार यो चलचित्रको शो बढेन । शनिबार जय नेपालमा ३ र सीभीलमा १ शो मात्र दिइएको थियो । ललितपुरमा केहि महिना अगाडि खुलेको मल्टिप्लेक्समा त यो चलचित्रले शो नै पाएन ।
दुर्भाग्य के छ भने, आज आइतबारबाट मात्र निर्मातालाई यो हलमा शो दिइएको छ । यो भन्दा हलवालाको मनोमानी अरु के हुन सक्ला र ? चलचित्रको व्यापार हुने मुख्य २ दिन शो नै नदिएर आइतबारदेखि दिनु कतिसम्म हेपाया प्रवृत्ती होला ?

तर, चलचित्रले मल्टिप्लेक्समा पाएको शोमा राम्रो व्यापार गरेको पाइएको छ । शनिबार नायक सौगात मल्ल र नायिका सुरविना कार्कीको साथमा कलाकार जेवीडीसी, निर्माता सुरजमान सिंह भण्डारी, निर्देशक श्रीराम दाहालको टोली अष्टनारायण हल र कमल पोखरीस्थित बीग मुभिजमा पुगेका थिए । सौगात पुगेपछि हलमा आएका दर्शकले ‘हाकु काले’ भन्दै चिच्चाएका थिए । यस्तै, वीग मुभिजमा पनि सौगात पुगे र दर्शकसँग अन्र्तक्रिया गरेका थिए ।

वीग मुभिजमा ३ शो मध्ये २ शोमा हाउसफूलको व्यापार देखिएको थियो । जय नेपाल, सीभील, एफ क्यूब, क्यूज, वीग मुभिज, सिने द सेफमा यो चलचित्रको व्यापार शनिबार राम्रो थियो । काठमाण्डौको अष्ट, गोपि, गुण लगायतका हलबाट पनि रिपोर्ट राम्रो आएको निर्माता सुरजमान सिंह भण्डारीले बताए ।

चलचित्रमा सौगात मल्ल, कर्मा, विक्रम सिंह थारु, सुरविन कार्की, रीस्ता बस्नेत, जेवीडीसी लगायतका कलाकारको अभिनय छ । यसको कमेडी पाटोले दर्शकलाई खुबै हसाँएको छ । नायक सौगात मल्लले दर्शकबाट पाएको साथले आफू खुशी भएको बताए । दर्शकको रेस्पोन्सका कारण यसको ‘वर्थ अफ माउथ’ राम्रो देखिएको निर्माणपक्षको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment