Comments Add Comment

सेञ्चुरी बैंकले इनोभेटिभ डेभलपमेन्ट बैंक ‘एक्वायर’ गर्ने

चुक्ता पुँजी साढे पाँच अर्ब, पुसभित्रै एकीकृत कारोबार

Century
१२ असार, काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले रुपन्देहीको भैरवहामा मुख्य कार्यालय रहेको क्षेत्रीयस्तरको इनोभेटिभ डेभलपमेन्ट बैंक एक्वायर (खरिद\ प्राप्ति) गर्ने भएको छ ।

आइतबार बिहान राजधानीको र्‍याडिसन होटलमा भएको एक्वायरसम्बन्धी सैद्दान्तिक सहमतिपत्रमा सेञ्चुरीका अध्यक्ष राजेशकुमार श्रेष्ठ र इनोभेटिभका अध्यक्ष देवेन्द्रबहादुर राउतले हस्ताक्षर गरे ।

सैद्दान्तिक सहमतिअनुसार इनोभेटिभ बैंकमा एक सय कित्ता सेयर हुने सेयरधनीले सेञ्चुरी बैंकको ७६ कित्ता सेयर बराबर पाउनेछन् ।

century innovative bankएक्वायरपछि ८५ करोड रूपैयाँको हकप्रद सेयर जारी गरी चुक्ता पुँजी साढे ५ अर्ब रूपैयाँ बनाउने बैंकका अध्यक्ष श्रेष्ठले बताए । हाल सेञ्चुरीको चुक्ता पुँजी २ अर्ब ८४ करोड र इनोभेटिभको चुक्ता पुँजी २९ करोड रुपैयाँ छ ।

श्रेष्ठका अनुसार अागामी पुससम्ममा एक्वायर पूर्णरूपमा सम्पन्न भइ एकीकृत कारोबार थालिने छ ।

नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पुँजी ४ देखि २५ गुणासम्मले बढाउनुपर्ने व्यवस्था गरेपछि संस्थाहहरु मर्जर र एक्वायरमा जान बाध्य भएका हुन् । राष्ट्र बैंकको व्यवस्था अनुसार ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने छ ।

 सेञ्चुरीले आर्थिक वर्ष २०७२/७३ को चैत्र मसान्त सम्ममा २६ अर्ब १ करोड रूपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८३ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले ३४ करोड ५० लाख रूपैयाँ सञ्चालन नाफा कमाएको छ ।  बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकलार्इ  बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

इन्नोभेटिभले आ.व. २०७२/७३ को चैत्र मसान्त सम्ममा २ अर्ब १९ करोड निक्षेप संकलन गरी १ अर्ब ७५ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकले ५ करोड २० करोड सञ्चालन नाफा कमाएको छ । बैंकका ९ शाखा कार्यलयहरु सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment